coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘व्यस्तताले खानै छाडें’

न्युयोर्क (एजेन्सी) – नयाँ डकुमेन्ट्री ‘मिस अमेरिकाना’ सार्वजनिक भएलगत्तै अमेरिकी गायिका टेलर स्विफ्टले आफ्नो इटिङ डिसअडर (असन्तुलित खान्की) बारे बोलेकी छन्।

‘हलिउड फिल्म र फेसन उद्योगमा आवद्ध कलाकारहरू इटिङ डिसअडर (असन्तुलित खान्की) बाट ग्रसित हुने गरेका छन्। यसले मलाई समेत प्रभावित पारेको थियो,’ एक अन्तर्वार्ताको क्रममा उनले भनेकी छन्, ‘मैले निरन्तर काम गरिरहँदा खानै छाडेको थिएँ।’

शारीरिक र मानसिक रूपमा फिट हुने पर्ने अवस्थामा इटिङ डिसअडर (असन्तुलित खान्की) ले धेरै समस्या निम्ताएका उनले बताएकी थिइन्।

पछिल्लो समय उनको आलोचना गरेका कारण गायक जस्टिन बिबर विवादमा तानिएका थिए। अमेरिकी गायिका टेलर स्विफ्टको गीतसम्बन्धी विषयमा संगीत प्रबन्धक स्कुटर ब्राउनको पक्ष लिएको भनेर गायक बिबर विवादमा तानिएका थिए। त्यसअघि गायिका सेलेना गोमेज टेलर स्विफ्टको बचावमा उत्रिएकी थिइन्। उनले संगीत प्रबन्धक स्कुटर ब्राउनसँगको म्युजिक कपिराईटको लडाईका कारण गायिका टेलर स्विफ्ट ‘बिरामी र आक्रोशित’ भएको जनाएकी थिइन्। सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नी साथी गायिका स्विफ्टको पछिल्लो अवस्थाबारे गायिका गोमेजले जानकारी गराएकी थिइन्।

गत जुनमा ब्राउनको इथका होल्डिंगले स्कट बोर्चेटाको नेतृत्वमा रहेको बिग मेसिन लेबल खरिद गरेको घोषणा गरेको थियो। जसले गायिका स्वीफ्टको ६ वटा एल्बम रिजिल गरेको थियो। यसमध्ये ग्रामी अवार्ड जितेको सन् २००८ को ‘फेयरलेस’ समेत परेको थियो। गत वर्षमा गायिका स्विफ्टले बिग मेसिन लेबललाई छाडेर युनिभर्सल म्युजिकसँग सम्झौता गरेकी थिइन्। गायिका स्विफ्टको म्युजिक कपिराईटलाई लिएर उनको पूर्व संगीत प्रबन्धक स्कुटर ब्राउनलाई ज्यान मार्ने धक्की आएको थियो। ज्यान मार्ने धम्की आएपछि संगीत प्रबन्धक स्कुटर ब्राउनले गाियका स्विफ्टसँगको छ महिना लामो विवादको अन्त्य गर्न सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सार्वजनिक रुपमा याचना गरेका थिए।

उनको सांगीतिक यात्रालाई सम्मान गर्दै अमेरिकी म्युजिक अवार्डले यस वर्ष उनलाई ‘दशकको उत्कृष्ट आर्टिस्ट’ को प्रतिष्ठित सम्मान दिएको थियो। उनले पप संगीतका स्टार माइकल ज्याक्सनको रेकर्ड तोड्दै अमेरिकी म्युजिक अवार्डमा दशकको उत्कृष्ट आर्टिस्टलगायत ६ वटा अवार्डबाट सम्मानित भएकी थिइन्। ‘यस वर्ष मैले राम्रो र जटिल समयको अनुभूति गर्ने अवसर पाएँ। म र मेरो परिवारको तर्फबाट सबैप्रति आभार व्यक्त गर्न चाहन्छु,’ समारोहमा उनले भनेकी थिइन्। उनले अमेरिकी म्युजिक अवार्डमा सर्वाधिक २९ वटा अवार्ड जित्ने रेकर्ड बनाएकी छन्।

प्रकाशित: १३ फाल्गुन २०७६ ०५:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App