८ वैशाख २०८१ शनिबार
कला

नयाँ मिस नेपालको खोजी

काठमाडौं – मिस नेपालको २०२० को लागि आवेदन खुला गरिएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा मिस नेपालको आयोजक द हिडन ट्रेजरले आवेदन खुला गरिएको जानकारी गराएको थियो।

‘द हिडन ट्रेजरले आफ्नो स्थापनाको २५ वर्ष मनाउँदै गरेको सन्दर्भमा सन् २०२० को मिस नेपालको लागि नयाँ आवेदन खुला गरिएको छ। मिस नेपाल २०२० मा सहभागि हुन चाहने प्रतियोगिहरूले मिस नेपालको आधिकारिक वेवसाइटमार्फत आवेदन दिनसक्नेछन्,’आयोजक द हिडन ट्रेजरका दिवाकर राजकर्णिकारले भने, ‘फाईनलमा यसपटक २० देखि २५ जनासम्म प्रतियोगिहरू सहभागि हुनेछन्।’

मिस नेपाल २०२० को लागि आगामी चैत १४ सम्म आवेदन खुला गरिएको छ। प्रतियोगितामा १८ देखि २६ वर्षका ५ फिट ४ इन्च उचाई भएका अविवाहित नेपाली नागरिकतासहित नेपाली पासपोर्ट भएका युवतीहरूले आवेदन दिनसक्ने मापदण्ड आयोजकले तोकेको छ। यसपटक मिस नेपालको अडिसन राजधानीबाहेक धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, वीरगञ्ज, धरान र बितामोर्डमा हुनेछ।
यस वर्ष मिस नेपालको फाईनल आगामी वैशाख ३ मा राजधानीको अन्नपूर्ण होटलमा आयोजना हुनेछ।

प्रकाशित: १३ फाल्गुन २०७६ ०४:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App