८ वैशाख २०८१ शनिबार
राजनीति

परिवार दलद्वारा नेकपा अध्यक्षको ध्यानाकर्षण

काठमाडौं – नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)सँग भएको पूर्वसहमति कार्यान्वयनका लागि अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन्। नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष दाहाललाई भेटी ढकालले समसामायिक राजनीतिक विषयमा छलफल गर्नुका साथै तत्कालीन नेकपा एमाले र नेपाल परिवार दलबीच भएको ३ बुँदे सहमतिको कार्यान्वयनको लागि ध्यानाकर्षण गराएका हुन्।

केही समयअघि परिवार दलले सोही विषयमा नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि ध्यानाकर्षण गराएको थियो। गत निर्वाचनको बेला सो दलले ३ बुँदे सहमति गरी वाम गठबन्धनलाई सघायको थियो। सहमतिमा परिवार दलको संसद्मा प्रतिनिधित्वको सुनिश्चित गरिने उल्लेख थियो। अध्यक्ष दाहालले दुई पार्टीको विगतदेखिको सहकार्यको स्मरण गर्दै आफ्नो ध्यानाकर्षण भएको र सहमतिलाई सकारात्मक रूपमा पार्टीमा छलफल गर्ने आश्वासन दिएका छन्।

भेटमा नेकपाका वरिष्ट नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र महासचिव बिष्णु पौडेल सहभागी थिए भने परिवार दलका महामन्त्री विनोद डाँगी, प्रवक्ता सन्तोष पौडेल तथा गण्डकी प्रदेश संयोजक प्रकाशबाबु थापा सहभागी थिए।

प्रकाशित: १३ फाल्गुन २०७६ ०४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App