७ वैशाख २०८१ शुक्रबार
समाज

सर्वोच्च अदालतमा दुई स्थायी न्यायाधीश सिफारिस

काठमाडौं–न्यायपरिषदले सर्वोच्च अदालतको रिक्त दुई न्यायाधीश पदमा उक्त अदालतका मुख्य न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र तेजबहादुर केसीको नाम सिफारिस गरेको छ। सोमबार बसेको परिषदको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो। नयाँ संविधानमा सर्वोच्च अदालतमा २१ जना स्थायी न्यायाधीश हुने अवस्था अनुसार रिक्त दुई पदमा उनीहरुको नाम सिफारिस गरेको हो।

उनीहरु उच्च अदालतक विराटनगर र जनकपुरमा कार्यारत थिए। उनीहरुको नाम परिषदले संसदीय सुनवाईकालागि संसदीय  सुनुवाई समितिमा पठाउने छ। समितिले नाम अनुमोदन गरेपनि उनीहरु सर्वोच्चमा हाजिर हुन्छन्। यो सिफारिससँगै सर्वोच्च अदालतमा संविधानको व्यवस्था अनुसार  केही समयकालागि सर्वोच्चमा २१ न्यायाधीश हुनेछन्। यस्तै परिषदले १८ उच्च अदालतका लागि न्यायाधीश सिफारिसको प्रक्रिया पनि थालेको छ।
 

प्रकाशित: १९ पुस २०७३ ०६:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App