coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

काठमाडौंमा चिनियाँ भिसा आवेदन केन्द्र

काठमाडौं – काठमाडौंमा चिनियाँ भिसा आवेदन केन्द्र सञ्चालनमा आएको छ। दरबारमार्गस्थित राइजिङ मलमा सञ्चालनमा आएको भिसा आवेदन केन्द्रको सोमबार एक कार्यक्रमबीच नेपालका लाग चिनियाँ राजदूत होउ याङ्छी र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले संयुक्त रूपमा उद्घाटन गरे।

योसँगै विश्वभरमा ९२ मुलुकमा चिनियाँ भिसा आवेदन केन्द्र सञ्चालनमा आएको दूतावासले जनाएको छ। सिआइआइसी नेपाल प्रालिले चिनियाँ दूतावासको स्वीकृतिमा उक्त सेवा सुरु गरिएको हो। भिसा प्रक्रियालाई सहज र चुस्त बनाउन उक्त सेवा सुरु गरिएको दूतावासले जनाएको छ। उक्त सेवा सुरु भएसँगै चिनियाँ दूतावासको कन्सुलर कार्यालयबाट हुँदै आएको भिसा आवेदन प्रक्रिया अब सिआइआइसी नेपाल प्रालिका माध्यमबाट हुनेछ। नयाँ भिसा आवेदन केन्द्र सञ्चालनमा आएसँगै आवेदनको शुल्कसमेत वृद्धि भएको छ।

प्रकाशित: १३ फाल्गुन २०७६ ०३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App