coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायली क्षेप्यास्त्रबाट सिरियामा ६ को मृत्यु

जेरुसलेम – गाजापट्टी र सिरियामा रहेका इस्लामिक जिहादी लडाकुलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा ६ लडाकुको मृत्यु भएको छ। युद्ध अनुगमन गरिरहेको एक संस्थाका अनुसार इजरायलमाथि जिहादी समूहले क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिक्रिया स्वरूप इजरायलले हवाई हमला गरेको हो।

आगामी मार्च २ मा इजरायलमा हुन लागेको आमनिर्वाचनको पूर्वसन्ध्यामा इजरायली सेनाले जिहादी लडाकुविरुद्ध कारबाही थालेको हो। सेनाले जारी गरेको वक्तव्यमा इजरायली वायु सेनाले गाजादेखि सिरियाली राजधानी दमास्कस नजिकसम्म पुगेर आक्रमण गरिएको उल्लेख छ।

इस्लामिक जिहादी समूहले हमाससँग मिलेर इजरायलविरुद्ध सन् २००८ यता तीनपटक युद्ध लडिसकेको छ। यो समूह गाजापट्टी र सिरियामा सक्रिय छ। सिरियाली राष्ट्रपति बसार अल–असादसँग निकट सम्बन्ध रहेको यस समूहले इजरायली आक्रमणमा आफ्ना दुई लडाकूको मृत्यु भएको पुष्टि गरेको छ।

सन् २०११ मा सिरिया द्वन्द्व सुरु भएयता मात्र सिरियामा इजरायलले सयौं पटक हवाई आक्रमण गरिसकेको छ। यी आक्रमण मुख्यरूपमा सिरियाली सेनाका साथै इरान समर्थित लडाकुविरुद्ध लक्षित छन्।

प्रकाशित: १३ फाल्गुन २०७६ ०३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App