७ वैशाख २०८१ शुक्रबार
समाज

पठन संस्कृतिका लागि अभियान

रसुवा – रसुवामा पठन संस्कृति विकासका लागि अभियान सुरु भएको छ। केही अध्ययनशील युवाहरूले यस्तो अभियान सुरु गरेका हुन्। हरेक महिनाको दोस्रो शनिबार कुनै एक पुस्तक तथा विषयमा विमर्श गर्नेगरी पठन संस्कृति अभियान सुरु गरिएको लेखक तथा विश्लेषक जयराम आचार्यले बताए। अभियान शनिबारदेखि सुरु गरिएको हो।

महिनाको एकपटक समसामयिक एवं वैचारिक विषयमा विचार–विमर्श गरिनेछ। जिल्लाको कालिकास्थानमा दिउँसो १२ बजेदेखि विचार–विमर्श सुरु गरिनेछ। शनिबार भएको भेलाले चैत ८ गते हुने अर्को भेलाका लागि विषयवस्तु निर्धारण गरेको छ। अब हुने भेलामा सन् १८४८ मा माक्र्स र एंगेल्सद्वारा लिखित कम्युनिस्ट पार्टीको घोषणापत्रमाथि कार्यपत्र प्रस्तुत गरिनेछ, जसका लागि उद्धव रिजालले कार्यपत्र प्रस्तुत गर्नेछन्।

कार्यपत्रर्शनिक टिप्पणी माधव लामिछानेले, आर्थिक कोणबाट केशव पौडेलले र समाजशास्त्रीय टिप्पणी इन्द्र गौतम जगतजंगले गर्ने तय भएको छ। प्रस्तुत कार्यपत्रमाथि सहभागीले खुला रूपमा आफ्नो धारणा राख्न सक्नेछन्। यसले बौद्धिक तथा प्राज्ञिक विकासका साथै पठन संस्कृति विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।

प्रकाशित: १३ फाल्गुन २०७६ ०३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App