coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सभामुखले बोलाइन शीर्ष नेतासहितको कार्यव्यवस्था बैठक

काठमाडौं–संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेतासहितको कार्यव्यवस्थाको बैठक बोलाइएकी छन्।
सभामुले प्रमुख सचेतकमार्फत कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख दलका शीर्ष नेताको बैठक बोलाएको सभामुखका प्रेस सल्लाहकार वविन शर्माले  जानकारी दिए।
सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्ष एमालेसहितका नौ विपक्षी दलले लगातार संसद बैठक अबरोध गरेपछि सभामुखले सहमतिको पहल गर्दै आएकी छन्।  विपक्षी दलको अवरोधका कारण संशोधन प्रस्ताव अगाडि बढ्न सकेको छैन भने संसदमा छलफलका क्रममा रहेको अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव अलपत्र परेको छ।

सोमबार सर्वोच्च अदालतले संविधानको दोस्रो संशोधन विधेयकलाई प्रक्रियामा अघि बढाउन नदिने भनी अन्तरिम जारी गर्नु नपर्ने फैसला गरेपछि दलहरुबीच सहमति जुट्नेमा सभामुख विश्वस्त रहेको स्रोतले जनायो।

 

प्रकाशित: १९ पुस २०७३ ०५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App