८ वैशाख २०८१ शनिबार
खेल

अन्तरनगर एथलेटिक्स सम्पन्न, आयोजक भक्तपुर प्रथम

हाफ म्याराथुन दौडमा प्रथम भक्तपुर नगरपालिकाकी कान्छीमाया कोजु पुरस्कार ग्रहण गर्दै। तस्वीर ः नागरिक

भक्तपुर - भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार सम्पन्न अन्तरनगर एथलेटिक्स प्रतियोगितामा आयोजक भक्तपुर नगरपालिका १४ स्वर्ण, १४ रजत र १५ कांस्य पदक प्राप्त गरी प्रथम भएको छ।  ललितपुर महानगरपालिकाले आठ स्वर्ण, तीन रजत र पाँंच कांस्य प्राप्त गरी द्वितीय  र भरतपुर महानगरपालिकाले चार स्वर्ण, दुई रजत प्राप्त गरी तृतीय स्थान हासिल गरे। कीर्तिपुर नगरपालिकाले तीन स्वर्ण र दुई रजत,  मन्थली नगरपालिकाले तीन रजत, ६ कांस्य, चौतारा साँगाचोकगढी नगरपालिकाले तीन रजत र दुई कांस्य, चाँगुनारायण नगरपालिकाले दुई रजत, रामेछाप र कागेश्वरी मनोहरा नगरपालिकाले १/१ कांस्य जित्न सफल भए।

प्रतियोगिताअन्तर्गत सोमबार भएको पुरुषतर्पmको ४२.१९५ किलोमिटर म्याराथनमा भक्तपुर नगरपालिकाका कृष्णसुन्दर तुईतुईले दुई घण्टा ४१ मिनेट १३ सेकेन्डमा दुरी पूरा गरी प्रथम स्थान हासिल गर्न सफल भए। कीर्तिपुर नगरपालिकाका धर्म महर्जनले तीन घण्टा पाँंच मिनेट ५१ सेकेन्डमा दूरी पूरा गरी द्वितीय र भक्तपुर नगरपालिकाका सुरेन्द्र ग्वाछाले तीन घण्टा १० मिनेट एक सेकन्डमा सो दूरी पूरा गरी तृतीय स्थान हासिल गर्न सफल भए।

महिलातर्फ २१.९७ किलोमिटर हाफ म्याराथन दौडमा भक्तपुर नगरपालिकाका कान्छीमाया कोजुले एक घण्टा २५ मिनेट २१ सेकेन्ड, कीर्तिपुर नगरपालिकाका शकुन्तला ठगुन्नाले एक घण्टा ४० मिनेट ५२ सेकेन्ड र भक्तपुर नगरपालिकाका  रेस्टिना सितिखुले एक घण्टा ५० मिनेट ४६ सेकेन्डमा दूरी पूरा गरी क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए।

४०० मिटर पुरुषतर्फको रिले दौडअन्तर्गत भएको प्रतियोगितामा भक्तपुर, मन्थली, चौतारा–साचोकगढी नगरपालिका क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भए भने ४ ह ४०० मिटर महिलातर्फको रिले दौड अन्तर्गत भएको प्रतियोगितामा भक्तपुर, ललितपुर, चौदण्डी गढी नगरपालिका क्रमशः प्रथम, द्वितीय र तृतीय भए।

सोमबार नै सम्पन्न पुरुषतर्फको हाइजम्पमा ललितपुर महानगरपालिकाका विकास खाँड ठकुरी प्रथम, भक्तपुर नगरपालिकाका सागर आचार्य द्वितीय र चौतारा साँगाचोक नगरपालिकाका साजन सापकोटाले तृतीय स्थान हासिल गर्न सफल भएको थियो। महिलातर्फको हाइजम्पमा भक्तपुर नगरपालिकाका प्रकृति सुवाल प्रथम, भक्तपुर नगरपालिकाकै उर्जु गारु द्वितीय र ललितपुर महानगरपालिकाका सुप्रिया रजतले तृतीय स्थान हासिल गर्न सफल भएको थियो।

कार्यक्रममा विजयी खेलाडीलाई प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव एवं संविधानसभाका सदस्य प्रेम सुवालले एक कार्यक्रमवीच पदक तथा नगद पुरस्कार वितरण गरे। म्याराथुनमा प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई २० हजार, तृतीयलाई १० हजार नगद पुरस्कार तथा हाफ म्याराथनमा प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई २० हजार, तृतीयलाई १० हजार नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो। फिल्ड इभेन्ट्समा प्रथम हुनेलाई पाँंच हजार, द्वितीयलाई तीन हजार र तृतीयलाई दुई हजार, टय्राकतर्फ प्रथम हुनेलाई पाँंच हजार, द्वितीयलाई तीन हजार र तृतीयलाई दुई हजार नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो।

प्रकाशित: १३ फाल्गुन २०७६ ०२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App