coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भारतको लज्जास्पद हार: कोहली भन्छन्, 'बहाना बनाउने छुट छैन'

वेलिङ्टन – भारतका कप्तान विराट कोहलीले न्युजिल्यान्डसँगको पहिलो टेस्टमा सोमबार लज्जापूर्ण हार बेहोरेपछि कुनै खेलाडीलाई पनि बहाना बनाउने छुट नभएको बताएका छन्। वेलिङ्टनमा भएको पहिलो टेस्टमा १० विकेटको हार बेहोरेपछि कोहलीले आफ्नो टोलीले निकै खराब प्रदर्शन गरेको उल्लेख गर्दै कुनै खेलाडीलाई पनि बहाना बनाउने छुट नभएको बताएका हुन्। टेस्टमा शीर्ष वरीयता प्राप्त भारतको अपराजित यात्रा ९ खेलमै पूर्णविराम लगाउने क्रममा न्युजिल्यान्डले चौथो दिन नै हार चखायो। विश्व टेस्ट च्याम्पियनसिपमा भारत ८ खेलबाट पहिलो हार बेहोर्दै अभैm पनि लिगतालिकामा शीर्षमै छ। न्युजिल्यान्डले भने ६ खेलबाट दुई जित निकाल्दै पाँचौं स्थानमा छ।

पहिलो इनिङको समाप्तिमा १ सय ८३ रनले पछि पर्दै भारतले दोस्रो इनिङ सुरु गरेको थियो। दोस्रो इनिङमा पनि भारत १ सय ९१ रनमै समेटिएपछि घरेलु टोली न्युजिल्यान्डले जितका लागि ९ रनको झीनो लक्ष्य प्राप्त ग¥यो। ओपनरद्वय टम लाथम र टम ब्लन्डेलले १०  बलमै उक्त लक्ष्य पूरा गर्दै न्युजिल्यान्डलाई सयौं टेस्टको विजयी आँकडा पार गराए। अस्ट्रेलियासँग दुई महिनाअगाडि ३–० ले शृंखला गुमाएपछि न्युजिल्यान्डले पहिलो सफलता प्राप्त ग¥यो। घरेलु टोलीका दुई अनुभवी तीव्र गतिका बलर टिम साउथी र ट्रेन्ट बोल्टको बलिङ नै भारतका लागि घातक बन्यो।

नयाँ बलर केयल जेमिसनले पनि पहिलो इनिङमा भारतलाई संकेट खेप्न बाध्य बनाएका थिए। साउथीले पाँच विकेट तथा ट्रेन्टले चार विकेट र कोलिन डी ग्रान्डहोमले एक विकेट लिएपछि भारत झीनो लक्ष्य दिन बाध्य भएको थियो। ‘हामीले राम्रो प्रतिस्पर्धा देखाउन सकेनौं,’ कोहलीले भने, ‘हाम्रा ब्याट्सम्यान तीव्र गतिको बलिङ सामना गर्न असक्षम भए।’ म्यान अफ दी म्याच साउथीले चौथो दिन चार विकेट निकाल्दा २० रन खर्चिंदै दोस्रो इनिङमा पाँच विकेट हात पारे।

पहिलो इनिङमा भने उनले चार विकेट निकाले। ‘पहिलो इनिङदेखि नै हामीले ब्याटिङमा समालिएर खेल्न सकेनौं। त्यसैले पिचको बहाना देखाउँदै पन्छनु हुँदैन। तसर्थ सामान्य सत्यता भनेको हामीले राम्रो खेल्न सकेनौं र हार बेहो¥यौं,’ कोहलीले भने। न्युजिल्यान्डका कप्तान केन विलियम्सनले सयौं टेस्ट विजयको आँकडा पार गर्न सफल हुनुको पछाडि ब्याटिङ र बलिङ दुवैतर्पmको मिहिनेत रहेको प्रतिक्रिया दिए। दोस्रो टेस्ट शनिबारदेखि क्राइस्ट चर्चमा सुरु हुनेछ।

वेलिङ्टनमा भएको पहिलो टेस्टमा १० विकेटको हार बेहोरेपछि कोहलीले आफ्नो टोलीले निकै खराब प्रदर्शन गरेको उल्लेख गर्दै कुनै खेलाडीलाई पनि बहाना बनाउने छुट नभएको बताएका हुन्।

प्रकाशित: १३ फाल्गुन २०७६ ०२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App