७ वैशाख २०८१ शुक्रबार
समाज

फेवातालमा डुंगा पल्टिँदा युवक वेपत्ता

पोखरा - फेवातालमा डुंगा पल्टिँदा एकजना युवक वेपत्ता भएका छन्। अन्य दुईजना युवाको भने सकुशल उद्धार भएको छ। लाइफ ज्याकेट नलगाई डुंगामा सयर गरेका उनीहरु सोमबार मध्यान्ह एकाएक तालमा डुबेका थिए। बैदाम चौकीका डिएसपी यादव ढकालका अनुसार सोमबार मध्यान्ह फेवातालको खपौदी क्षेत्रमा युवा सवार डुंगा डुबेको थियो।

प्रहरीका अनुसार काठमाडांै महानगरपालिका–१० कपन बस्ने वर्ष २७ को सुविन चालिसे र वर्ष २८ को रुपेश अधिकारीको शकुसल उद्दार गरिएको हो। उनीहरुसँगै डुबेका कपनकै वर्ष २७ का रामशरण लुईटेल (सुमित) वेपत्ता रहेको ढकालले बताए।

‘डुंगामा पानी भरिएपछि एकाएक पल्टेछ। दुईजनाको उद्धार भएको छ भने एकजना वेपत्ता छन,’ उनले भने, ‘बेपत्ताको खोजि भईरहेको छ। डुंगा डुबेकोबारे अनुसन्धान पनि भईरहेको छ।’ उनका अनुसार डुंगा पल्टेको जानकारी पाउनासाथ शसस्त्र प्रहरी गणको रेस्क्यू टिमले उनीहरुको उद्धार गरेको थियो। तालमा डुंगा चलाउँदा लाइफ ज्याकेट अनिवार्य भएपनि युवाहरुले नलगाएको उनले बताए। सकुशल उद्धार भएका युवाहरुको भने अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: १२ फाल्गुन २०७६ ११:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App