coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

प्रयोग अनियन्त्रित, चेकजाँच नामको मात्रै

काठमाडौं – केन्द्रीय कृषि प्रयोगशाला माताहतका विषादी द्रुत विश्लेषण इकाइहरु (आरबिपिआर) ले चालु वर्षको मंसिरसम्मदेशभर ३४ हजार सात सय ६८ तरकारीको नमुनामा विषादी परीक्षण गरेको देखिन्छ। परीक्षणका क्रममा २४ नमुनामा मात्र खान अयोग्य विषादी अवशेष पाइएको एकाइको तथ्यांक छ।

यो तथ्यांकमा धेरैजसो भारतबाट आयातित तरकारीको नमुना परिक्षण गरिएको भनिएको छ। तर खान अयोग्य विषादी अवशेष आयातित तरकारीमा भेटिएको छैन। यो परिणामले चेकजाँचको प्रभावकारितामै प्रश्न उठाएको छ। एकाइका एक कर्मचारी सीमित स्रोत र साधनको प्रयोगबाट प्रभावकारिता खोज्नुलाई नै मूर्खता सम्झन्छन्।

भन्छन्,‘एकाइका १–२ कर्मचारीको भरमा हुने परीक्षणले कस्तो परिणाम देला ?’ त्यो अवधिकोबुटवलएकाइको तथ्यांक नतिजा हेर्दा औसत दैनिक ९०नमुना परीक्षण भएको देखिन्छ। जबकि एकाइमध्येजनशक्ति धेरै भएको कालीमाटीमा दैनिक आठ वटामात्र नमुना परीक्षण हुन्छ। एकाइ प्रमुख प्रकाश घिमिरे अहिलेको अवस्थामा एउटा एकाइले व्यवस्थित रुपमा गर्न सक्नेत्यो चेकजाँच पर्याप्त भएको दाबी गर्छन्। ‘जाँचको लागि किट सीमित मात्रामा उपलब्ध छ। त्यसमाथि रिजल्ट एक घन्टाभित्रै दिनुपर्छ,’ उनी भन्छन्,‘जनशक्ति सीमित र लागत पनि महँगो छ।’ उनका अनुसार एकाइले गर्ने कार्बामेट र अर्गानोफस्फेट दुई समुहको जाँचमाप्रतिनमुना ६ देखि सात सय रुपैयाँ लाग्छ।

उनको यही भनाइलाई आधार मानेर हेर्ने हो भने बुटवलको एकाइले कुनै हिसाबले पनि दैनिक ९० नमुना परीक्षण गर्ने सामथ्र्य राख्दैन। बुटवलका एक जानकार यो जाँचमा सीमित बिचौलियाले सीमानाकाबाट नमुना बोकेर बुटवल आउने र जाँचै नगरीएकाइको कागज बनाएर फर्कने गरेको दाबी गर्छन््। त्यस्तै अवस्था लगभग सबै एकाइमा छ।

सरकारले विभिन्न तीन समूहका २४ विषादीमा प्रतिबन्ध लगाएको छ। प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार अर्गानोक्लोरिन समूहका सबै १५ विषादी, कार्बामेट समूहका तीन र अर्गानोफस्फेट समूहका ६ विषादी प्रतिबन्धित छन्। विषादी व्यवस्थापनको लागि कृषि मन्त्रालयका सचिवको संयोजकत्वमा विषादी समिति नै छ। व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदी समितिले मानव स्वास्थ्य, वातावरण र अन्य सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखेर पुराना र कडा विषादीमा प्रतिबन्ध लगाउँदै आएको बताउँछन्। ‘समितिले सबै प्रकारका विषादीको खतरा विश्लेषण गरिरहेको हुन्छ।विस्थापन गर्ने नयाँ विषादी बजारमा आएपछि त्यसमा प्रतिबन्ध लगाइन्छ,’ उनले भने, ‘हाम्रो परीक्षणमा नयाँ विषादी केही महँगा भए पनि सुरक्षित छन्।’

विषादी चेकजाँच र नियन्त्रणमा काम गर्दै आएका यी संस्थाप्रतिबन्धितविषादी प्रतिबन्धकै कारण नभित्रिएको र प्रयोग नभएको दाबी गर्छन्। सुवेदी विषादी भिœयाउँदा हरेक लटमा केन्द्रको स्वीकृति लैजानुपर्ने हुनाले प्रतिबन्धित विषादी नआउने बताउँछन्। उनी भन्छन्,‘धेरै जसो त भारतमै पनि प्रतिबन्धित छ। त्यहाँ प्रतिबन्ध नभएका केही विषादी खुला नाकाका कारण अवैध रुपमा भित्रन सक्छ। त्यस्तो नगन्य मात्रामा हुन्छ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसन्धान अधिकृत ईश्वर सुवेदी विषादीको कतिपय अवस्थामा प्रयोग भएको छैन भन्ने मान्यता र विश्वासमा मात्र सीमित रहनुपर्ने अवस्था रहेको स्वीकार्छन्। ‘नमुनामा कुन विषादी परीक्षण गर्ने भन्ने निक्र्योल नहुँदा सबै प्यारामिटर चेक गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘एउटा सामान्य नमुनाको परीक्षणमा पनि लामो समय र हजारौं लागत पर्छ।’

अहिलेसम्मशंका लागेको विषादीको जाँच गर्ने गरेकोले त्यसले अन्य विषादी प्रयोग भएको छैन भनेर भन्न नमिल्ने अवस्था रहेको सुवेदी बताउँछन्।जाँचको सीमितता र लागत चुनौतीको रुपमा रहेको उनले बताए।

प्रयोग गर्न मिल्ने भनिएका विषादी प्रयोगको मात्रा पनि कति सन्तुलित छ भन्ने कुरा अर्को महत्वपूर्ण पक्ष रहेको उनको तर्क छ। उनी भन्छन्,‘विषादीप्रयोगको सबालमा कृषकमै पर्याप्त चेतना छैन। अर्कोतिर खुला सीमाका कारण प्रतिबन्धित विषादी आएकै छैन भन्ने अवस्था पनि छैन।’

कृषि अनुसन्धान परिषद् (नार्क)का विषादीविज्ञ सुनिल अर्याल नार्कले गरेको अनुसन्धानले प्रतिबन्धित विषादी प्रयोग गरेको नभेटिए पनि प्रयोगको मात्रामा किसानले कम ख्याल गरेको बताउँछन्। ‘कतिपयको मात्रा नै बढी र कतिको विषादी छर्ने फ्रिक्वेन्सी नै बढी छ,’ उनले भने,‘यसले प्रयोग गर्न मिल्ने भए पनि स्वास्थ्यमा असर पुग्छ।’किसानले विषादी प्रयोग गर्दा सुरक्षा उपाय नअपनाएको र विषादी छरेपछि तोकिएको समयसम्म बजारमा लैजानबाट रोक्ने अभ्यास कम भएको उनी बताउँछन्। विषादीविज्ञ अर्यालले भने, ‘टमाटर, भन्टा जस्ता तरकारीमा धेरै विषादी आवश्यकपर्ने हुनाले छर्दाछर्दै बजारमा पु¥याएको समेत पाइन्छ।’

प्रकाशित: १२ फाल्गुन २०७६ ०५:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App