७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमाले स्थायी कमिटी बैठक जारी

अध्यक्ष केपी अाेली निवासमा बसेकाे स्थायी कमिटी बैठकमा सहभागी नेताहरू। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं– सर्वोच्च अदालतले संशोधन विधेयकलाई प्रक्रियामा अघि बढाउन भनी अन्तरिक आदेश जारी गर्नु नपर्ने आदेश दिएपछि दबाबमा परेको प्रमुख प्रतिपक्ष दल एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ।

अध्यक्ष केपी ओलीको निवास बालकोटमा जारी बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव, स्थानीय निर्वाचनको मिति घोषणा, यही २२ गते राजधानीमा गर्ने भनिएको विरोध सभा तथा आगामी रणनीतिका विषयमा छलफल भइरहेको नेताहरुले जनाएका छन्।

एमालेलगायत विपक्षी दलले संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग गर्दै लगातार संसद बैठक अबरोध गर्दै आएका छन्। तर सर्वोच्चले संविधान संशोधन प्रक्रिया अघि बढाउने बाटो खोलिदिएपछि यसको विपक्षमा उभिँदै आएको एमाले दबाबमा परेको छ।

 एमालेले संसदमा दर्ता गराएको संशोधन प्रस्ताव संवैधानिक नभएको भन्दै विगत एक महिनादेखि  संसद अबरोध गर्दै आएको छ। एमालेले प्रदेश सीमाकंन हेरफेर विषयमा संविधानको धारा २७४लाई  अनदेखा गर्न नमिल्ने फैशला गरेको  दाबी गरे पनि   दर्ता गरिएको संशोधन विधेयक कुन प्रक्रियाबाट जाने भन्ने विषयमा बैठकमा छलफल भइरहेको छ।

प्रकाशित: १९ पुस २०७३ ०४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App