८ वैशाख २०८१ शनिबार
खेल

बाँसबारी र ब्वाइज युनियनको विजयी सुरुआत

काठमाडौं – बाँसबारी फुटबल क्लब र ब्वाइज युनियनले आइतबारबाट सुरु भएको सहिद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी सुरुआत गरेका छन्।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा बाँसबारीले श्री भगवती क्लबलाई १–० तथा ब्वाइज युनियनले श्री कुमारी क्लबलाई २–० ले पराजित गर्दै लिगमा विजयी सुरुआत गरेका हुन्।

बाँसबारीको जितमा सुलेमान थापा मगरले ६३औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो। जितसँगै बाँसबारीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ। श्री भगवतीले भने हारबाट लिग सुरुआत गरेको छ।

आइतबार नै भएको उद्घाटन खेलमा ब्वाइज युनियनले श्री कुमारी क्लबलाई २–० गोलअन्तरले पराजित ग-यो। ब्वाइज युनियनको जितमा वर्तमान राई र प्रदीप बोगटीले समान एक÷एक गोल गरे।

आगामी चैत २३ गतेसम्म चल्ने लिगमा १२ क्लबको सहभागिता रहेको छ। लिगको शीर्ष क्लब ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक  टोली ‘सी’ मा घटुवा हुनेछ।

लिगमा सोमबार पनि दुई खेल हुनेछन्। पहिलो खेल टुसाल क्लब र पुलचोक स्पोर्ट्स क्लब तथा दिनको दोस्रो खेल खुमलटार युथ क्लब र मध्यपुर युथ एसोसिएसनबीच हुनेछ।

प्रकाशित: १२ फाल्गुन २०७६ ०४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App