coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

जावलाखेललाई बागमती गोल्डकप

सिजनको पहिलो उपाधि उचाल्दै जावलाखेल युथ क्लब। तस्बिर: नागरिक

मकवानपुर – जावलाखेल युथले सिजनको पहिलो उपाधिका रूपमा तेस्रो बागमती गोल्डकप उचालेको छ। पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ फापरबारीमा आइतबार सम्पन्न फाइनलमा संकटा क्लबलाई १–० ले हराउँदै जावलाखेलले ६ लाख रुपैयाँसहित ट्रफ्री उचाल्दा संकटाले तीन लाख प्राप्त ग-यो। जावलाखेलका ड्याडी जुनियरले ४९औं मिनेटमा गरेको गोलले हिमालयनलाई उपविजेतामा रोक्न सफल भयो।

हिमालयनका खेलाडीले बराबरीमा ल्याउन निकै प्रयास गरे पनि सफलता प्राप्त गर्न सकेनन्। दोस्रो हाफमा निकै आक्रामक खेल प्रदर्शन गरे पनि शेर्पा खेलमा फर्किन सकेन।

६५औं मिनेटमा हिमालयनका सामिरले प्रहार पोस्ट नजिकबाट बाहिरियो। लगत्तै हिमालयनका विजय श्रेष्ठले डी बक्सनजिकबाट प्रहार गरेको फ्रिकिक जावलाखेलका गोलकिपरले रोके। त्यसपछि  पनि दुवैतर्पmबाट गोल प्रयास भए पनि सफल नहुँदा जावलाखेलले उपाधि उचाल्यो। जावलाखेलका दिलेन मोक्तानले म्यान अफ दी म्याच हुँदै ५ हजार रुपैयाँ प्राप्त गरे।

जावलाखेलका एडम डम्बियाले सर्वोत्कृष्ट खेलाडी हुँदै नगद ५० हजार पाए। गोलरक्षकमा जावलाखेलका अरुण ब्लोन, फरवार्डमा सुजित बुढाथोकी र  मिडफिल्डरमा सुरज ठकुरी उत्कृष्ट घोषित भए।  हिमालयनका डिफेन्डर मानबहादुर तामाङ र जावलाखेलका प्रशिक्षक किशोर केसी उत्कृष्ट घोषित भए। उत्कृष्ट सबैले जनही १० हजार प्राप्त गरे। बागमती प्रदेशका सांसद प्रेमबहादुर पुलामी, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान र मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामालगायतले खेलाडीलाई पुरस्कृत गरे।

प्रकाशित: १२ फाल्गुन २०७६ ०४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App