८ वैशाख २०८१ शनिबार
खेल

भारत संघर्षको स्थितिमा

भारतीय कप्तान विराट कोहलीको विकेट लिएपछि न्युजिल्यान्डका ट्रेन्ट बोल्ट। तस्बिर: एएफपी

वेलिङटन (एएफपी) – न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले तीन विकेट लिएपछि भारतले पहिलो टेस्ट क्रिकेटको आइतबार तेस्रो दिनको खेल सकिँदा संघर्ष गर्नुपरेको छ।

पहिलो इनिङ सकिँदा १ सय ८३ रनले पछि परेको भारत दोस्रो इनिङमा चार विकेटको क्षतिमा १ सय ४४ रनको स्थितिमा छ। बोल्ट र केयल जेमिसनले उत्कृष्ट बलिङ गरेपछि न्युजिल्यान्डको ३ सय ४८ रनबाट भारत दोस्रो इनिङ सुरु गर्दा ३९ रनले मात्र अगाडि छ। अजिन्क्या रहाने २५ रन र हनुमा बिहारी १५ रनमा क्रिजमा छन्। अस्ट्रेलिया भ्रमणका क्रममा चोट बोकेपछि बोल्टले भारतसँगको खेलबाट लयमा फर्किएको संकेत दिएका छन्।

पहिलो इनिङमा भने जेमिसन र टिम साउथी चम्केपछि भारत १ सय ६५ रनमा अलआउट भएको थियो। तेस्रो दिनको खेलमा बोल्ट पनि लयमा फर्किंदा तीन विकेट लिँदै २७ रन खर्चिएपछि विश्व शीर्ष वरीयताको भारतले हारबाट बच्न निकै संघर्ष गर्नुपर्ने देखिएको छ। बोल्टले पृथ्वी शलाई २७ रनमा आउट गर्दै घरेलु टोलीलाई पहिलो सफलता दिएका थिए। त्यसपछि मायन्क अग्रवाल र चेतेश्वर पूजाराले ५१ रनको साझेदारी गरे।

दोस्रो विकेटका रूपमा पूजारा ११ रनमा आउट हुँदा बोल्टकै सिकार भए। त्यसपछि मायंकले अग्रवालले अर्धशतकीय योगदान गर्दै इनिङ समाल्ने प्रयास गरे पनि साउथीले पवेलियनको बाटो देखाए। मायंक ५८ रनमा आउट हुँदा भारत ९६–३ को स्थितिमा थियो। बोल्टले नै भारतका कप्तान विराट कोहलीलाई १९ रनमै पवेलियनको बाटो देखाउँदै पाहुना टोलीको इनिङलाई धराशयी बनाएका थिए।

प्रकाशित: १२ फाल्गुन २०७६ ०४:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App