coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भक्तपुरको वर्चस्व कायमै

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको अन्तरनगर एथलेटिक्स प्रतियोगिताअन्तर्गत आइतबार भएको ४/१०० मि. रिले महिला फाइनल गेमतर्फ भक्तपुर नपाका प्रकृति सुवाल, स्वागता खाइजु, श्रेयस्का शिल्पकार र कसिस गोठे प्रथम भएका छन्। प्रतियोगितामा, ललितपुर मनपाका काजल विष्ट, रजिना दुलाल, रफिका अवाले, सुप्रिभा रजत द्वितीय, ईशा राई, सन्दीपा भण्डारी, सुमिना दाहाल, कान्ति राई तृतीय हुन सफल भए।

यसै गरी ४/१०० मि. रिले पुरुषतर्फको फाइनल खेलमा भक्तपुर नपाबाट रोहन सुवाल, रोशन पहरी, सुजन थारू, लोकेन्द्र विष्ट प्रथम, मन्थली नपाका मनोज श्रेष्ठ, सूर्य माझी, दिलीप ठाकुर, अशोक माझी द्वितीय र ललितपुर मनपाका छिरिङ लामा, रोनिश आचार्य, विकास खाँक थकुरी, सौरभ राईले तृतीय स्थान हासिल गरे।

आठ सय मिटर दौड पुरुष फाइनलतर्फ ललितपुर मनपाका उत्तम श्रेष्ठ प्रथम, चौतारा साँगाचोकगढी नपाका दर्पण श्रेष्ठ द्वितीय र भक्तपुर नपाका सौगात बानियाँ तृतीय भए। आठ सय मिटर महिला दौडको फाइनलमा ललितपुर मनपाका काजल विष्ट प्रथम, भक्तपुर नपाका श्रेयस्का शिल्पकार द्वितीय, भक्तपुर नपाका ऊर्जा मधिकर्मी तृतीय हुन सफल भए।

ज्याभ्लिङ थ्रो पुरुषतर्फको फाइनलमा भरतपुर मनपाका वीरेन्द्र चौधरी प्रथम, भक्तपुर नपाका लोकेन्द्र विष्ट द्वितीय र रामेछाप नपाका शिवनाश कडरिया तृतीय हुन सफल भए। ज्याभ्लिङ थ्रो महिलातर्फको फाइनलमा कीर्तिपुर नपाका शकुन्तला ठगुनी प्रथम, भक्तपुर नपाका स्वस्तिका कर्माचार्य द्वितीय र मन्थली नपाका अनिका कार्कीले तृतीय स्थान हासिल गरे। प्रतियोगिताअन्तर्गत सोमबार फाइनल तथा पुरस्कार वितरण हुँदै छ।

प्रकाशित: १२ फाल्गुन २०७६ ०३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App