coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाबुको हत्या गरेको आरोपित पक्राउ

रौतहट – बाबुको हत्या गरेको आरोपमा रौतहट प्रहरीले एकजनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। सामान्य घरायसी विवाद बढ्दै गएपछि दुर्गा भगवती गाउँपालिका–३ देवीपर्साका राजकुमार पण्डितले गत माघ २८ गते ७० वर्षीय बुवा फेकन पण्डित कुम्हारको हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अनुहारमा र टाउकामा अन्धाधुन्ध हथौडा प्रहार गरी बीभत्स ढंगले फेकनको हत्या गरिएको छ।

जिल्लाको पिप्रा बजारमा सामान्य किराना पसल सञ्चालन गर्दै आएका छोरा राजकुमारबाटै बाबुको हत्या भएको अनुमान कसैले गरेका थिएनन्। जिल्ला प्रहरी कार्यालय रौतहटले प्रहरी निरीक्षक नवीनकुमार सिंहको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली गठन गरी घटनाको विस्तृत अध्ययन थालेपछि अनुसन्धानले अर्कै मोड लिएको थियो। तालिमप्राप्त कुकुरले पनि घटनास्थलको जाँच गर्ने क्रममा पक्राउ परेको अभियुक्ततर्फ नै संकेत गरेको थियो। प्रहरीले विभिन्न किसिमले अनुसन्धान गरेपछि फागुन ७ मा छोरा पण्डितलाई पक्राउ ग-यो।

पुरानो रिसइबीका कारण बाबुसित बदला लिन्छु भन्ने कसम खाएकाले माघ २७ गते राति खाना खाएर सुतेको र भोलिपल्ट बिहान २÷३ बजेतिर आफूले बुवा सुतेकै ठाउँमा पुगेर हत्या गरेको राजकुमारले स्वीकार गरेका छन्। बाबुको हत्यापछि घरमा आई कपडा बदलेको र साढे ५ बजेतिर बाबुको हत्या भएको भनी हल्ला गरेको स्वीकार गरेको छ। पण्डितविरुद्ध रौतहट प्रहरीमा किटानी जाहेरी पनि परेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। रौतहट जिल्ला अदालतबाट म्याद थप गरी कारबाही अगाडि बढाइएको रौतहट प्रहरी प्रमुख रविराज खड्काले बताए।

प्रकाशित: १२ फाल्गुन २०७६ ०३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App