coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

रियालिटी साे ‘नेपाल स्टार’ काे तयारी

काठमाडौं – गायन रियालिटी सो ‘नेपाल स्टार’ हुने भएको छ। आइतबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा कि इन्टरटेन्मेन्ट एन्ड रिसर्चका प्रमुख रवीन्द्रकुमार रिजालले नयाँ गायन रियालिटी सोबारे जानकारी गराएका थिए।

नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘नेपाल स्टार ले नयाँ प्रतिभाको खोजी गर्ने दाबी उनले गरेका छन्। कार्यक्रममा बोल्दै चौधरी ग्रुपमा म्यानेजर निर्वाण चौधरीले रियालिटीको सोको मुख्य प्रायोजक हुन पाउँदा खुसी लागेको बताए। ‘युवालाई प्रोत्साहित गर्न हामी तत्पर रहेको अवस्थामा नयाँ रियालिटी सोबाट राम्रा संगीतप्रेमीहरूमाझ स्थापित हुनेमा आशावादी छौं,’ उनले भने।

गायक रामकृष्ण ढकाल, अञ्जु पन्त र आलोक श्रीको निर्णायक टोलीले ‘नेपाल स्टार’ बाट नयाँ कलाकारको खोजी गर्नेछन्। यसअघि सात प्रदेशमा सोको लागि अडिसनको आयोजना गरिएको थियो।

गायक ढकालले ‘नेपाल स्टार’ ले नयाँ प्रतिभाको खोजी गर्ने दाबी गरेका थिए। ‘नेपाल स्टार’ मा ५० लाख रुपैयाँ पुरस्कार राखिएको जानकारी नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टले गराए। ‘हामीले उत्कृष्ट चारमा परेका कलाकारलाई पुरस्कार दिनेछौं। उनीहरू जनही पाँच लाख रुपैयाँ र नेपाल स्टारका विजेताले थप ३० लाख रुपैयाँको पुरस्कार जिनेछन्,’ उनले भने।

प्रकाशित: १२ फाल्गुन २०७६ ०३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App