coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दि प्याखँको गुठी घर गुठीकै नाममा

काठमाडौं – परम्परागत किलागःत्वाको दि प्याखँद्वारा व्यक्तिको नाममा दर्ता भइसकेको दि प्याखँको गुठी घर गुठीकै नाममा ल्याएर नवनिर्माण सुरू गर्न सकिएको खुसीयालीमा शनिबार गोरखाको मनकामना मन्दिरमा समयब्व अर्पण गरियो। त्यस अवसरमा दि प्याखँ प्रवद्र्धन तथा संरक्षण समितिका अध्यक्ष एवं किलागः त्वाःखलःका गुरु ईन्द्र महर्जनले वर्षाैंको सामूहिक प्रयासबाट ऐतिहासिक दि प्याखँको देवघर गुठीकै नाममा ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए। सबैको प्रयासबाट मात्रै सम्पूर्ण गुठी घरको नाममा आएकाले अब यसको पुनर्निर्माणका लागि सबैले सक्दो सहयोग गर्नुपर्नेमा उन आग्रह गरे।

काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले कला संस्कृति हाम्रो देशको पहिचान भएकाले यसको संरक्षणमा सबैको उत्तिकै जिम्मेवारी हुने बताए। दि प्याखँ येयाःको एक पाटो भएकाले यसको संरक्षणमा नगरपालिकाले कुनै काम बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका थिए। दि प्याखँको विकासका लागि स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने उनको भनाइ थियो। चालु आर्थिक वर्षमा पुनर्निर्माणका लागि महानगरपालिकाबाट एक करोड बजेट विनियोजन गरिएको उनले जानकारी दिएका छन्।

कार्यक्रममा काठमाडौं महानगरपालिका–१८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले सांस्कृतिक सम्पदाको संरक्षणका लागि महानगरपालिकाको तर्फबाट आपूmहरूले सुरुदेखि नै सक्दो सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने बताए। कार्यक्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, वागमती प्रदेशसभा सदस्य वसन्त मानन्धर, काडमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, गुठीका पदाधिकारी तथा सदस्यलगायतको सहभागीता रहेको थियो।

प्रकाशित: १२ फाल्गुन २०७६ ०२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App