coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘क्वारेन्टाइनमा हामी सुखी छौं’

भक्तपुर – चीनबाट उद्वार गरेर ल्याएका नेपालीहरूको दैनिकी पढेर, खेलेर तथा घुम्दै बितेको बताइएको छ। फागुन ४ गते बिहानदेखि भक्तपुरको खरिपाटीमा रहेको विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा राखिएका नेपालीहरूले आफूहरूलाई कुनै असहज नभएको बताएका छन्। कोरोना भाइरसबाट आक्रान्त चीनको हुवइ प्रान्तलगायतका ठाउँबाट उद्वार गरेर उनीहरूलाई खरिपाटीमा तयार गरिएको क्वारेन्टाइनमा राखिएको छ।

चीन हुँदा आफूहरू निकै त्रसीत भएपनि अहिले भने रमाइलो भइरहेको यहाँ रहेकाहरूको भनाइ छ। नेपाल पु-याइएका नेपालीहरूलाई फागुन ७ गते स्वास्थ्य परीक्षण गर्दा कसैलाई पनि नेगेटिभ फेला थिएन्। नेपाल आउँदा आफूहरूको स्वास्थ्य रिपोर्टलेसमेत थप खुसी बनाएको उनीहरूको भनाइ छ। कोरोना भाइरस संक्रमण नभएपनि निश्चित अवधिसम्म क्वारेन्टाइनमा बस्ने कुनै समस्या नभएको सन्दीप उप्रेतीले बताए।

अहिले पढ्दै, लेख्दै गर्नुका साथै यहाँ निर्धारण गरिएको ठाउँमा घुमेर दिन बताउने गरेको उनको भनाइ। साथीहरू मिलेर खेल खेल्न पनि समस्या नभएको उप्रेतीले बताए। भित्र कुनै समस्या नभएपनि परिवार र आफन्तलाई भेट्न आतुर रहेको क्वारेन्टाइनमा रहेका दिगम्बर खोटेजाले बताए। आफू मात्रै एउटा कोठामा बस्ने गरेको उनले जनाए। सबैमा कोरोना भाइरस नभएपछि स्वस्थ्य रहेकोमा थप खुसी भएको उनी बताउँछन्।

चिकित्सकका अनुसार उनीहरू १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ। फागुन ४ गतेदेखि क्वारेन्टाइनमा बस्न सुरु गरेका चीनबाट ल्याइएका नेपालीहरू फागुन १७ गते शनिबारसम्म यहि बस्नुपर्ने हुन्छ। त्यसपछि शनिबार पुनः स्वास्थ्य परिक्षण गरेर नगेटिभ नभेटिए उनीहरूलाई आ–आफ्नो घर पठाइने छ। स्वास्थ्य परिक्षणका क्रममा संक्रमित देखिएपनि संक्रमण भएको संकेत देखिनसक्ने भएकोले उनीहरूलाई क्वारेन्टाइनमा राखिएको हो।

संक्रमण भएको नदेखिए पनि संक्रमित भएको अवस्थामा सम्पर्कमा आएका व्यक्तिहरुलाई सर्न सक्ने सम्भावबना भएकाले १४ दिनसम्म क्वारेन्टाइनमा राख्नुपर्ने भएको हो। खरिपाटी क्वारेन्टाइनमा अहिले एक सय ७५ जना रहेका छन्, जसमा एक सय ३५ पुरुष र ४० महिला रहेका छन्।

प्रकाशित: १२ फाल्गुन २०७६ ०२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App