१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ठडिए भूकम्पले ढलेका सरकारी कार्यालय

सिन्धुपाल्चोक – विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएका सरकारी कार्यालय ठडिएका छन्। भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत सदरमुकाम चौताराका २१ सरकारी कार्यालयको निर्माण सम्पन्न भएको छ।

२०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएकामध्ये १३ कार्यालय भवन पुनर्निर्माण गरिएको हो। बाँकी आठवटा भवन भने नयाँ बनेका हुन्। भूकम्पले भत्काएकामध्ये जिल्ला अस्पताल र जिल्ला हुलाक कार्यालयको मात्र पुनर्निर्माण बाँकी छ। हुलाकको का भइरहेको छ भने चीन सरकारले जिल्ला अस्पताल पुनर्निर्माण गर्ने प्रक्रिया थालेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) का प्रमुख इन्जिनियर सन्तोष निरौलाले भूकम्पले क्षतिग्रस्त सदरमुकामका सरकारी कार्यालय पुनर्निर्माण अन्तिम चरणमा पुगेको बताए। यो वर्ष मात्र ब्यारेक, आवाससहित १६ कार्यालय पुनर्निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिएको उनले जानकारी दिए। उनका अनुसार कार्यान्वयन एकाइ (भवन) मार्फत पुनर्निर्माण थालिएका १७ मध्ये १६ संरचना सम्पन्न भइसकेका छन्।

२०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएकामध्ये १३ कार्यालय भवन पुनर्निर्माण गरिएका छन्। बाँकी आठवटा भवन नयाँ बनको छन्।

‘झन्डै ५५ करोड रुपैयाँ लागतमा ती सरकारी संरचना बनेका हुन्,’ निरौलाले नागरिकसँग भने। तीन करोड रुपैयाँ लागतमा जिल्ला हुलाक निर्माणाधीन छ। क्षतिग्रस्त संरचना भत्काउनुपरेकाले हुलाक भवन पुनर्निर्माणमा ढिलाइ भएको निरौलाले जानकारी दिए। एकाइ (भवन) का अनुसार वन डिभिजन कार्यालय, वन आवास, भूजलाधार, पशु सेवा, कोष तथा लेखा नियन्त्रक, प्रमुख जिल्ला अधिकारी निवास, मालपोत र जिल्ला न्यायाधीश आवास भवनको पुनर्निर्माण सम्पन्न भएको छ। भूकम्पमा यी कार्यालयका भवन क्षतिग्रस्त भएका थिए।

सहरी विकास, सिँचाइ, निर्वाचन, घरेलु तथा साना उद्योग, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, न्यायिक ब्यारेकलगायत कार्यालयका नयाँ भवन बनेका हुन्। साबिक पशुसेवा खारेज भएपछि नवर्निर्मित भवनमा भौतिक पूर्वाधार विकास कार्यालय बसेको छ। त्यस्तै जिल्ला प्रहरी कार्यालयका दुईवटा ब्यारेकको पनि पुनर्निर्माण सम्पन्न भइसकेको छ।

यसअघि नै सहरी विकासमार्फत भूकम्पले क्षति पु-याएका स्वास्थ्य र खानेपानी डिभिजन कार्यालय पुनर्निर्माण भइसकेका छन्। भूकम्पले नै क्षतिग्रस्त बनाएकोे तत्कालीन जिल्ला कृषि कार्यालय भने जाइकाको सहयोगमा पुनर्निर्माण भएको थियो। भूकम्पले क्षति पु¥याएका तत्कालीन जिविस र जिल्ला सरकारी वकिलको कार्यालयसमेत नयाँ बनेका छन्। तर यी कार्यालयको भने भूकम्पअघि नै पुनर्निर्माण सुरु गरिएको थियो।

प्रकाशित: १२ फाल्गुन २०७६ ०२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App