७ वैशाख २०८१ शुक्रबार
राजनीति

विकास–निर्माणले गति पायो: प्रधानमन्त्री

पाँचथरको यासोकमा तमोर पम्पिङ खानेपानी आयोजना उद्घाटका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलील श्रीमती राधिका शाक्य र बुवा मोहनप्रसाद ओलीका साथमा। प्रधानमन्त्रीको जन्मदिन पारेर आफ्नो जन्मगाउँ आएका हुन्। तस्बिरः गरिराज/नागरिक

पाँचथर – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकास निर्माणको कामले तिव्रता पाएको दाबी गरेका छन्। विभिन्न आयोजनाको काम सम्पन्न भएको, अन्य योजना निर्माणले तिव्रता पाइरहेको तथा केही आयोजना निर्माणको तयारीमा रहेकाले अब विकासले फड्को मार्ने उनको भनाइ थियो।

पाँचथरको यासोक र तेह्थुमको आठराई गाँउपालिकाको इँवामा भएको कार्यक्रमलाई आइतबर सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। विपक्षी तथा आलोचकलाई तिखो व्यंग्य गर्ने प्रधानमन्त्रीले दुईवटै कार्यक्रममा सकारात्मक सन्देश प्रदानगर्न खोजेका थिए। ओलीको ६९ जन्मदिनका दिन आयोजना भएका कार्यक्रमलाई सम्बोधन गर्दै देशले विकासमा फड्को मारिरहेको सुनाए। जन्मदिनको दिन सकारात्मक सन्देश प्रभाव पार्ने प्रयास गरेको गरेका थिए।

उनले राष्ट्रिय राजनीति, पछिल्ला घटना क्रमकाबारे टिप्पणी गरेनन्। दुई स्थानमा भएका कार्यक्रमममा उनले कसैको आलोचनासमेत गरेनन्।

ग्रामीण क्षेत्रमा भएका कार्यक्रममा स्थानीयलाई सुविधा थप्दै लगेको सुनाएका थिए। ‘५० वर्षअघि तमोरको सिटौला पुल तर्दै हिँड्दा देखि नै खानेपानीको समस्या थियो। अहिले तमोरको पानी गाँउमा ल्याइयो। त्यो बेलाका दुःख मलाई सम्झना छ। अहिले सडक बनेका छन्। अझै सुविधा थपिएका छन्’ पाँचथरको यासोकमा भएको कार्यक्रमलाई सम्बोधन गदै उनले भने, ‘तिव्रताका साथ काम सम्पन्न गर्ने र जनतालाई सुख सुविधा उपलब्ध गराउने काममा लागेका छौं,’ तमोर पम्पिङ खानेपानी आयोजनाको उद्घाटनपछि समारोहमा बोल्दै उनले यस्तो बताएका थिए।

सडक पूर्वाधार, विद्युत, खानेपानी, उत्पादन, रोजगाकारी, शिक्षा र स्वास्थ्यका लागि सरकारले काम गरेको जानकारी दिए। आफ्नो सम्बोधन अवधिभरमा विकास निर्माण कुरालाई बढी जोड दिएका प्रधानमन्त्री ओलीले अग्र्यानिक उत्पादन तथा पर्यटन विकासमा जोड दिन अनुरोध गरे।

कुम्मायकका रानीगाँउ, स्याबरुम्बा र यासोकका वासिन्दलाई खानेपानी सुविधा पु-याउने हिसाबले सम्पन्न भएको तमोर पम्पिङ खानेपानी आयोजनाको ओलीले उद्घाटन गरेका थिए। सोही अवसरमा विद्युत् उद्घाटनसमेत भएको थियो।

तमोर नदीको लुमुघाटदेखि १७ दशमलव ४ किलोमिटरमाथिको कुम्मायक मन्दिरछेउसम्म ल्याएर वितरण प्रारम्भ गरिएको आयोजनाको यासोक बजारमा रहेको धारामा पानी खोलेर आयोजना उद्घाटन गरेका थिए। गाँउपालिकाको १, ३, ४ र ५ नम्बर वडाका वासिन्दाका लागि यो आयोजना अघि बढाइएको थियो।

आर्थिक वर्ष २०७२/०७३ बाट सुरु भएको यो आयोजनाको काम सम्पन्न भएको हो। सरकारले यो क्षेत्रलाई २०६८ सालमा सुख्खा क्षेत्र घोषणा गरेको थियो। यो आयोजना आर्थिक वर्ष २०७२/०७३ बाट सुरु भएको थियो। आयोजनाबाट ३ हजार ४३ घर धुरीका लाभान्वित हुनेछन्। आयोजनाको मुख्य प्रशासरण लाइन र वितरण लाइनका लागि दुईवटा ठेक्का लागेको थियो। मुख्य प्रशारण लाइन (पम्पिङ)का लागि १९ करोड ५२ लाख ५० हजार रुपैयाँमा प्रेरा–स्वामिनारायण जेभी र वितरण लाइनका लागि २२ करोड १० लाखमा कन्काई–महादेव खिम्ती–स्वामीनारायण जेभीले काम गरेको थियो। कार्यक्रममा

कानुनमन्त्री भानुभक्त ढकाल, खानेपानीमन्त्री बिना मगर, भौतिक योजना तथा निर्माण मन्त्री वसन्तकुमार नेम्बाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलगायतका नेता उपस्थीति थियो।

प्रकाशित: १२ फाल्गुन २०७६ ०१:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App