coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अख्तियारले घटनाको अनुसन्धान गरिरहेको छ : अध्यक्ष दाहाल

धनुषा- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले निवर्तमान सञ्चारमन्त्रीको घटनामा अख्तियार लगायतका निकायले अनुसन्धान सुरु गरेको बताएका छन्।

आइतबार जनकपुर पुगेका दाहालले अख्तियार दुरुपयोग अनुन्धान आयोग, लेखासमिति लगायतले अनुसन्धान सुरु गरेको बताएका हुन्। धनुषाको ठेराकचुरीमा १५ दिने माध्यमिकी परिक्रमको सुभारम्भ समारोहमा सहभागी भएका दाहालले भने, 'सञ्चार मन्त्रीवाला घटनामा त जाँचबुझ सम्बन्धित निकायले गर्ने भनिसकैकै छ, अख्तियार अरु सबैले। लेखा समितिमा पनि यो विषयमा कुरा चलिरहेको त्यो भइनै हाल्यो।’

दाहालले कम्युनिष्टहरु सत्तामा पुगेपछि विग्रिने रोग लागेको भनेर आफूले भक्तपुरमा दिएको अभिव्यक्ति आफ्नो पार्टीलाई लक्षित गरेर नदिएको उल्लेख गरेका छन्। 'मैले अस्ति भक्तपुरमा भएको कार्यक्रममा बोल्दा संसारभरीको कुरा बोलेको हो हाम्रो पार्टीको मात्रै भनेको होइन’, उनले भने, 'कम्युनिष्टहरु संघर्ष गर्दासम्म राम्रो र सत्तामा पुगेपछि नराम्रो रोग लाग्या त विश्वभरी छ। त्यो रोगको उपचार गर्नैपर्छ भनेर मैले अपिल गरेको हो।’

दाहालले प्रदेश नम्बर २ को सरकारमा सहभागी हुनका लागि राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीसँग कुराकानी अगाडी बढेको पनि बताएका छन्।

प्रकाशित: ११ फाल्गुन २०७६ १२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App