८ वैशाख २०८१ शनिबार
समाज

प्रश्नपत्र बाहिरिएको आरोप पछि पोखरामा पिजी प्रवेश परीक्षा रद्ध

काठमाडौं- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातकोत्तर मास्टर इन डक्टरेड र मास्टर इन सर्जरीको लागि लिएको परीक्षा रद्ध गरेको छ। प्रतिष्ठानले शनिबार परीक्षा लिएको थियो।

अमरसिंह नमूना उच्च माविमा लिइएको परीक्षा तोकिएको समय भन्दा ढिलो सुरु भएको थियो। वायो म्याट्रिक गरेर परीक्षा हलमा बसेका विद्यार्थीले लामो समय कुरेपछि मात्र प्रश्नपत्र पाएका थिए। परीक्षा ढिलो भएपछि प्रश्नपत्र बाहिरिएको भन्दै केही विद्यार्थीले परीक्षा बहिस्कार गरेका थिए। केही विद्यार्थीले प्रश्नपत्र लिएर समेत बाहिरिएका थिए। नियमत त्यस्तो गर्न पाइदैन।

प्रतिष्ठानका डिन प्रा. डा. नरेन्द्र विक्रम गुरुङले राती ११ बजे बसेको परीक्षा समितिको बैठकले विशेष कारण बस परीक्षा रद्ध गरेको बताएका छन्। परीक्षको अर्को मिति पछि तय हुने समेत उनले बताएका छन्।

लोकसेवातर्फ ९ र खुल्लातर्फ ८ गरी १७ सिटका लागि पहिलो पटक प्रतिष्ठानले परीक्षा लिएको थियो। १ हजार ३७ जनाले परीक्षाका लागि फारम भरेका थिए। विद्यार्थीबाट ४१ सय रुपैयाँ शुल्क लिइएको थियो।

दुई बजे परीक्षाको समय तोकिए पनि तीन बज्दासम्म प्रश्नपत्र नपाएपछि विद्यार्थीले कारण खोजेका थिए। प्रश्नपत्र बाहिरिएको हल्ला सुनेपछि केही विद्यार्थीले परीक्षा बहिस्कार गरेका थिए। विवाद आएपछि परीक्षा रद्ध गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानले ६ विद्यामा स्नातकोत्तर पढाउने गरी १७ सिट संख्या पाएको छ। जनरल सर्जरी र प्रसुति तथा स्त्रीरोगमा ४ / ४ सीट, हाडजोर्नीमा ३, जनरल मेडिसिन २, बालरोग २ र ऐनेस्थेसियोलोजीमा २ सिट रहेको छ।

 

प्रकाशित: ११ फाल्गुन २०७६ ११:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App