coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आजदेखि मुग्लिन सडक थप आधा घण्टा बन्द, एम्बुलेन्स मात्र चल्ने

फाइल तस्बिर/नागरिक

चितवन–राजधानी काठमाडौंलाई देशको पूर्वी–पश्चिम जोड्ने मुख्य मार्ग मानिएको नारायणगढ–मुग्लिन सडक खण्ड आज मंगलबारबाट थप आधा घण्टा बन्द हुने भएको छ। सडक विस्तारको कामलाई तिब्रता दिन आज बिहान साढे १० बजेबाटै सवारी गुड्न रोक लगाइएको छ। पुस सात गतेदेखि ११ बजेबाट दिउँसो तीन बजेसम्म चारघण्टा बाटो बन्द हुने गरेको थियो।

उनका अनुसार बिहान साढे १० बजेदेखि दिउँसो तीन बजेसम्म बिरामी बोकेका एम्बुलेन्स बाहेक सबै गाडीहरु चल्न बन्देज लाग्ने छ। मोटरसाइकलसमेत चल्न नदिने उनले बताए। केही दिन सहुलियत पाएका पर्यटक बससमेत बन्द हुनेछन्।

‘काम गर्ने समय बढोस् भनेर यसो गरिएको हो’ चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने। भट्टको नेतृत्वमा सोमबार सुरक्षा प्रमुखसहतिको टोली नारायणगढ–मुग्लिन सडक निर्माण अनुगमनको लागि गएको थियो। अनुगमन पश्चात यस्तो निर्णय गरेको प्रजिअ भट्टले बताए। सो समयमा विशिष्ट व्यक्तिका गाडीसमेत चल्न पाउने छैनन्।

उनका अनुसार बिहान साढे १० बजेदेखि दिउँसो तीन बजेसम्म बिरामी बोकेका एम्बुलेन्स बाहेक सबै गाडीहरु चल्न बन्देज लाग्ने छ। मोटरसाइकलसमेत चल्न नदिने उनले बताए। केही दिन सहुलियत पाएका पर्यटक बससमेत बन्द हुनेछन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ठूला मालवाहक ट्रक र कन्टेनरहरु राती १२ बजेदेखि बिहान चार बजेसम्म मात्रै चल्न दिइने छन्।

नारायणगढ मुग्लिन सडक ३६ किलो मिटर लामो छ। त्यसमध्ये ३३ किलो मिटरमा विस्तारको काम भइरहेको छ। सो दुरी पार गर्न अहिले कम्तीमा तीन घण्टा लाग्ने गरेको छ।

बाटो बन्द गरेर ठाउँ ठाउँमा पहाड काट्ने काम भइरहेको छ। चैतभित्र पहाड काट्ने काम सकिए निर्माण सहज हुने ठेकेदारहरुले बताएका छन्।

प्रकाशित: १९ पुस २०७३ ०३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App