coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

छायाँ सरकारको बैठक : बास्कोटा प्रकरणबारे छलफल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छायाँ मन्त्रिमण्डलको पहिलो बैठक बसेको छ। गत जेठमा गठन भएको मन्त्रिमण्डलको बैठक आइतबार बसेको हो। वर्तमान घटनाक्रम र भइरहेका प्रगतिका विषयमा समीक्षा गर्न बैठक बसेको नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बताए।

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा मात्रै नभएर अन्य मन्त्रालयमा नीतिगत भ्रष्टाचारहरु भएका कुराहरु बाहिर आएकाले अन्य मन्त्रालयहरुको पनि अध्ययन गर्न सम्बन्धित मन्त्रालय हेर्ने छायाँ मन्त्रीहरुलाई निर्देशन दिइएको उनले बताए। 'जसले जुन मन्त्रालय हेर्नुभएको छ। त्यसलाई गहिरिएर अध्ययन गर्नुपर्ने र त्यहाँ भएका काण्डहरु रोक्न र जनता समक्ष लिएर आउनलाई अझ गहिरो अध्ययन गरी प्रतिवेदन बुझाउन पनि निर्देशन दिइएको छ’, उनले भने।

मन्त्रालयहरुमा हुने नीतिगत भ्रष्टाचारका विषयमा प्रधानमन्त्री समेत जानकार रहेको विषयमा भिन्न रुपमा छानबिन गर्ने पनि निर्णय भएको उनले बताए।

पाण्डले संसदमा भएका अन्य दलहरुसँग १३ गते बस्ने संसद बैठकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुने उनले बताए। बास्कोटा प्रकरण र अन्य भ्रष्टाचारका विषयहरुलाई सरकार बाहिर रहेका दलहरुले सामूहिक रुपमा अगाडि बढाउने विषयमा छलफल गर्न सोमबार बैठक डाकिएको उनले बताए।

गत जेठमा गठन भएको कांग्रेसको छाया सरकारको बैठक पहिलो पटक आइतबार बसेको हो। प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यक्षता गरेको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा समीक्षागत छलफल भएको हो।

प्रकाशित: ११ फाल्गुन २०७६ ०८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App