coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कुखुरा फार्ममा आगलागी हुँदा १० लाख क्षति

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको कुखुरा फार्ममा आगलागी हुँदा १० लाख रुपैयाँ बढीको क्षति भएको छ। स्थानीयवासी किष्ना भण्डारीले सञ्चालन गर्दै आएको सो फार्ममा शनिबार विद्युत चुहिएर आगलागी हुँदा बेच्न तयारी अवस्थाका राखिएका चार हजार कुखुरा र तीन हजार चल्ला जलेर नष्ट भएको हो।

कमाइ खाने  सहारा फार्म थियो उनले भने, 'जलेपछि निकै ठूलो घाटा व्यहोर्नुपरेको छ, पुनः फार्म सञ्चालन गर्ने पूँजी छैन, परिवारको खर्च केले चलाउने भन्ने पिरलो छ।' आगो स्थानीय बासिन्दा, दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो।

भण्डारीले सात वर्षदेखि सो व्यवसाय गर्दै आएका थिए। नगरप्रमुख दिलबहादुर ऐरलगायतका जनप्रतिनिधिले फार्मको अनुगमन गरी क्षतिपूर्तिका लागि पहल गर्ने अश्वासन दिए।

 

प्रकाशित: ११ फाल्गुन २०७६ ०६:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App