coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

८० हजार नजिक पुग्यो सुनको मूल्य

काठमाडौं - निरन्तर बढिरहेको सुनको मूल्य उकालो लाग्ने क्रम अझैं जारी छ। नेपाल  सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार सुनको मुल्य प्रतितोला ७८ हजार ८ सय रुपैयाँ पुगेको छ। शुक्रबार ७८ हजार १ सयमा कारोबार भएको सुन आइतबार ७ सयले बढेर ७८ हजार ८ सय पुगेको हो।

तेजाबी सुनको मूल्य प्रतितोला ७८ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
चाँदी भने प्रतितोला ९२० रुपैयाँमा कारोबार भैरहेको छ। सुनको मूल्य केही दिन अझैं बढ्ने अनुमान गरिएको छ।

प्रकाशित: ११ फाल्गुन २०७६ ०६:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App