coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पर्साको महुवनमा कृषि मेला

वीरगन्ज - पर्सा जिल्लामा पर्ने महुवन बजारमा शुक्रबार कृषि मेला सुरु भएको छ। तरकारी उत्पादनमा जिल्लाकै प्रमुख थलोका रुपमा रहेका भौराटार, पटनी, विश्रामपुर, सेमरवारी लगायतलाई पायक पर्नेगरी कृषि ज्ञान केन्द्र वीरगन्ज पर्साले कृषि मेला आयोजना गरेको हो।

सखुवा प्रसौनी गाउँपालिकाको समन्वयमा वडा नं ५ मा पर्ने महुवान बजारमा वृहत कृषि मेला आयोजना गरिएको हो। मेला प्रदेश २ का कृषि राज्यमन्त्री योगेन्द्र यादवले उद्घाटन गरेका हुन्। निर्वाहमुखी रहेको कृषिलाई व्यावसायीकरण गरी प्रदेश २ का जनताको जीवनस्तर माथि उकास्ने प्रदेश सरकारको नीति रहेको सो क्रममा राज्यमन्त्री यादवले बताए। केन्द्र र स्थानीय सरकारसँग समन्वय गरी किसानलाई व्यावसायिक कृषितर्फ आकर्षण गर्नका लागि कृषि उपकरण, मलखाद, बीउविजन र सिँचाइलगायत सुविधा उपलब्ध गराइने उनले बताए।

उत्कृष्ट तरकारी, फलफूल, माछा, खसी, बोका उत्पादन गर्ने किसानलाई मेलामा पुरस्कृतसमेत गरिएको थियो। मेलामा किसानलाई आवश्यक पर्ने उपकरणबारे जानकारी दिन कृषि उपकरणका स्टलसमेत राखिएको छ। प्रदेश सांसद प्रह्लाद गिरीले कृषिबाट टाढिएर बसेकालाई उपेक्षा गरेर देश विकास नहुने बताए।

सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवालले गाउँपालिकालाई तरकारी, माछापालन र पशुपालनजस्ता कृषिउपजको हब बनाउने योजना आफूहरुले ल्याउन लागेको बताए। सखुवा पर्सौनी गाउँपालिकाको ताजा र जिउँदो माछा पाउने पसल वीरगन्जलगायत ठाउँमा कृषकको सहकार्यमा गाउँपालिकाले बिक्री तथा प्रदर्शनी केन्द्र स्थापना गर्ने योजना बनाएको उनले बताए।

प्रकाशित: ११ फाल्गुन २०७६ ०३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App