६ वैशाख २०८१ बिहीबार
कला

‘प्यारासाइट’ लाई अस्कर दिएकोमा ट्रम्पको आपत्ति

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ लाई यस वर्षको अस्करमा उत्कृष्ट फिल्म घोषणा गरेकोमा आपत्ति जनाएका छन्। कोलोराडोमा आयोजना भएको -यालीलाई सम्बोधन गर्दै उनले यस वर्षको अस्कर अवार्ड सबैभन्दा खराब रहेको जनाएका थिए।

‘यस वर्षको एकेडेमी अवार्ड सबैभन्दा खराब रह्यो। कारण यस वर्षको अस्कर विजेता दक्षिण कोरियाली फिल्म फिल्म भयो। दक्षिण कोरियासँग हाम्रा व्यापार सम्बन्धमा समस्या भइरहँदा उनीहरूलाई उत्कृष्ट फिल्मको अवार्ड दिए,’ उनले भने।

उनी दक्षिण कोरियाली फिल्म ‘¥यारासाइट’ भन्दा ७० वर्षअघिका फिल्महरूबाट प्रभावित देखिए। म गन विथ द विन्ड जस्ता फिल्म कोजीरहेको छु। सनसेट ब्लुभार्ड र अन्य थुप्रै राम्रा फिल्म हामी फेरि पाउन सक्छौं,’ उनले भनेका थिए।

¥यालीलाई सम्बोधन गर्दै उनले ‘प्यारासाइट’ राम्रो भए नभएको आफूलाई थाहा नभएको बताए। ‘मलाई लाग्यो यो उत्कृष्ट विदेशी फिल्म होला। के यस्तो पहिला पनि भएको थियो ?’, उनले भने। अमेरिकामा ‘¥यारासाइट’ फिल्मका वितरणको अधिकार पाएका नियोनले सामाजिक सञ्जाल ट्वीटरमा अमेरिकी राष्ट्रपति ट्रम्पको आलोचनाको जवाफ दिएका छन्। ‘यसबाट बुझ्न सकिन्छ। ‘उनी पढ्न जान्दैनन्’, कम्पनीले लेखेको छ।

अस्करमा ‘वान्स अपन अ टाइम इन हलिउड’ बाट उत्कृष्ट सह–अभिनेताको अवार्ड प्राप्त गरेका ब्राड पिटले दिएको अभिव्यक्तिमाथि ट्रम्पले आफ्नो धारणा व्यक्त गरेका थिए। पहिलो अस्कर अवार्ड जितेका अभिनेता ब्राड पिटले अस्कर अवार्ड समारोहमा ट्रम्पको महाभियोग प्रक्रियामा सिनेटले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई दिएको भन्दा बढी समय आफूलाई एकेडेमीले दिएको भनेर व्यंग्य गरेका थिए। ‘मलाई ४५ सेकेन्ड समय दिनु भएको छ र जुन यो हप्ता सिनेटले जोन बोल्टनलाई दिएको भन्दा बढी हो,’ उनले भनेका थिए।

विश्वको प्रतिष्ठित अस्कर अवार्डमा यस वर्ष दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ ले उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो। ‘प्यारासाइट’ ले उत्कृष्ट फिल्मको अवार्ड जित्ने पहिलो गैरअंग्रेजी भाषी फिल्मको कीर्तिमान कार्यम गरेसँगै उत्कृष्ट निर्देशक, पटकथा र अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड समेत जितेको थियो। त्यस्तै अन्तर्राष्ट्रिय फिल्मको अवार्ड जित्ने यो पहिलो कोरियन फिल्म भएको थियो।

प्रकाशित: ११ फाल्गुन २०७६ ०२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App