coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आयोजक भक्तपुरको वर्चस्व

भक्तपुर - भक्तपुर नगरको आयोजनामा भइरहेको अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न एक सय मिटर महिला दौडमा भक्तपुर नगरपालिकाकी स्वागता खाइजु प्रथम भएकी छिन्। भक्तपुर नपाकै प्रकृति सुवाल द्वितीय र ललितपुर मनपाकी सुप्रिया रजक तृतीय भए। एक सय मिटरकै पुरुषतर्फको फाइनलमा भने ललितपुर मनपाका आशिष खत्री प्रथम, भरतपुर महानपाका भुवन महतो द्वितीय र भक्तपुर नपाका रोहन सुवाल तृतीय भए।

पाँंच हजार मिटर महिला दौडतर्फ भएको फाइनलमा भक्तपुर नपाका ईश्वरचन्द्र बस्नेत प्रथम, चाँगु नपाका सागर श्रेष्ठ द्वितीय र भक्तपुर नपाका विश्वराम कुँवर तृतीय भए। यसै गरी त्रिपल जम्प पुरुष फाइनलतर्फ भरतपुर मनपाका भुवन महतो प्रथम, भक्तपुर नपाका रोशन पहरी द्वितीय र मन्थली नपाका मनोज श्रेष्ठ तृतीय भए।

त्रिपल जम्प महिलातर्फ भक्तपुर नपाका स्वागता खाइजु प्रथम, ललितपुर मनपाकी रजिना दुलाल द्वितीय र भक्तपुर नपाकी श्रेयस्का शिल्पकार तृतीय भए।

प्रकाशित: ११ फाल्गुन २०७६ ०१:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App