७ वैशाख २०८१ शुक्रबार
समाज

डोलेश्वरबाट बिदा भए साधुसन्त

भक्तपुर- भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वमा आएका साधुसन्तलाई शनिबार बिदाई गरिएको छ। महाशिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाई गरिएको हो। डोलेश्वरमा तीन सय साधुसन्तहरु आएको बताइएको छ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले डोलेश्वरमा आएका साधुसन्तलाई चार तहमा वर्गीकरण गरी त्यस अवसरमा दक्षिणा वितरण गरेको थियो। 'क' वर्गका साधुसन्तलाई एक हजार एक सय पाँंच रुपैयाँ, 'ख' वर्गलाई नगद सात सय पाँंच रुपैयाँ, 'ग' वर्गलाई नगद पाँंच सय पाँंच रुपैयाँ र वर्गविहीनलाई तीन सय पाँंच रुपैयाँ दक्षिणा तथा एक थान कम्बल र धोती प्रदान गरिएको छ। डोलेश्वरमा शिवरात्रि पर्वका लागि गत एक हप्ता अघिदेखि साधुसन्तहरु आएका थिए।

प्रकाशित: १० फाल्गुन २०७६ १२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App