coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एक सय २९ विद्यार्थी इन्जिनियर उपाधिबाट दिक्षित

भक्तपुर- नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरमा अध्ययनरत एक सय २९ जना विद्यार्थी इन्जिनियर उपाधिबाट दिक्षित भएका छन्। कलेजले शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई दिक्षित गरेको छ। कलेजको कम्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिंङ विभागको संयुक्त आयोजनामा भएको कार्यक्रममा कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले उनीहरुलाई उपाधि दिएका हुन्।

कम्प्युटर इन्जिनियरिङंका ७५ जना, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङका ३२ जना र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङका २० जना गरी कुल एक सय २९ जना इन्जिनियर उपाधिबाट विभूषित भएका हुन्। कलेज आयोजना गरेको विदाई कार्यक्रममा उनीहरुलाई विभूषित गरेको हो।

कार्यक्रममा कलेजका प्राचार्य प्राडा श्रेष्ठले निरन्तरको मेहनत र परिश्रमले सफलता हासिल गर्ने भन्दै मेहनत र परिश्रम गर्न नछोड्न विद्यार्थीलाई निर्देशन दिए। कलेजका उपप्राचार्य दीपक धामी, एकेडेमिक कोअर्डिनेटर मोहनध्वज केसी, कलेज सञ्चालक समितिका सदस्द्धय दुर्गा भण्डारी र नरेश खड्का, कलेजको कम्युटर इन्जिनियरिंङ विभागका प्रमुख दिनेश डंगोल, इलेक्टिकल एण्ड इलेक्टोनिक्स इन्जिनियरिङ विभागका प्रमुख अजयकुमार लाल र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ बिभाग प्रमुख रुपेश दहीलगायतले उपाधि हासिल गर्न सफल विद्यार्थीर्लाइ वधाई दिए। कार्यक्रममा ६ जना विषय उत्कृष्ट विद्यार्थीलाई पुरस्कार पनि प्रदान गरिएको थियो।

कलेजमा बीई तहमा सिभिल, सिभिल एण्ड रुरल आर्किटेक्चर, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, कम्प्युटर, इलेक्टोनिक्स एण्ड कम्युनिकेशन र सिभिल फर डिप्लोमा होल्डर्समा पढाइ भइरहेका छन्।

 

प्रकाशित: १० फाल्गुन २०७६ ११:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App