८ वैशाख २०८१ शनिबार
खेल

आयोजक भक्तपुर नगरपालिकाको वर्चस्व

भक्तपुर- भक्तपुर नगरपाको आयोजनामा भइरहेको अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न एक सय मिटर महिला दौडमा भक्तपुर नगरपालिकाकी स्वागता खाइजु प्रथम भएकी छन्। भक्तपुर नपाकै प्रकृति सुवाल द्वितीय र ललितपुर महानपाका सुप्रिया रजक तृतीय हुन सफल भए।

एक सय मिटरकै पुरुषतर्फको दौड फाइनलमा भने ललितपुर महानपाका आशिष खत्री प्रथम, भरतपुर महानपाका भुवन महतो द्वितीय र भक्तपुर नपाका रोहन सुवाल तृतीय हुन सफल भए । पाँंच हजार मिटर पुरुष दौडतर्फ भएको फाइनल खेलमा भक्तपुर नपाका ईश्वरचन्द्र बस्नेत प्रथम, चाँगु नपाका सागर श्रेष्ठ द्वितीय र भक्तपुर नपाका विश्वराम कुँवरले तृतीय स्थान हासिल गरे।

यसैगरी त्रिपल जम्प पुरुष फाइनलतर्फ भरतपुर महानपाका भुवन महतो प्रथम, भक्तपुर नपाका रोशन पहरी द्वितीय र मन्थली नपाका मनोज श्रेष्ठले तृतीय स्थान हासिल गरे। त्रिपल जम्प महिलातर्फ भएको खेलमा भक्तपुर नपाका स्वागता खाइजु प्रथम, ललितपुर महानपाका रजिना दुलाल द्वितीय र भक्तपुर नपाका श्रयस्का शिल्पकार तृतीय हुन सफल भए।

 

प्रकाशित: १० फाल्गुन २०७६ १०:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App