८ वैशाख २०८१ शनिबार
समाज

राजभण्डारी परिवारले बनाइदिए घाट र विश्रामस्थल

ऐसेलुखर्कमा निर्माण गरिएको घाट तथा विश्रामस्थल नेवार सामाजिक गुठीलाई हस्तान्तरण गरिँदै । तस्बिर सौजन्य : खेमराज पुरी

खोटाङ– खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क हिमालय टोलका तीन स्थानीयले घाट तथा विश्रामस्थल निर्माण गरिदिएका छन्। कमला भक्त प्रतिष्ठान भक्तपुर–२ कातर्फबाट भक्त राजभण्डारी, कमलादेबी अमात्य राजभण्डारी र लक्ष्मीदेवी श्रेष्ठ राजभण्डारीको सहकार्यमा नुनथला दोभानघाट तथा विश्रामस्थल निर्माण गरिएको हो।

उनीहरुले स्वर्गीय हजुरबुवा नरबहादुर भण्डारी, हजुरआमा महालक्ष्मी राजभण्डारी, बुवा पदमबहादुर राजभण्डारी, आमा लक्ष्मीकुमारी राजभण्डारी र गोबिन्द राजभण्डारीको स्मृतिमा १० लाख ८७ हजार ९ सय रूपैयाँ खर्चमा घाट तथा विश्रामस्थल निर्माण गरिदिएका हुन्।

स्थानीय नेवार समुदायले उपयोग गर्दै आएको घाटलाई राजभण्डारी परिवारले आवश्यक संरचनासहित व्यवस्थित बनाइदिएका छन्। निर्माण गरिएको घाट तथा विश्रामस्थल ऐसेलुखर्क नेवार सामाजिक गुठीको संरक्षकत्वमा छाडिएको कमला भक्त प्रतिष्ठानले जनाएको छ।

घाट तथा विश्रामस्थल शुक्रबार औपचारिक कार्यक्रमकाबीच प्रतिष्ठानका भक्त राजभण्डारी लगायतले गुठीका अध्यक्ष ध्रुव राजभण्डारीलाई हस्तान्तरण गरेका छन्।

 

प्रकाशित: १० फाल्गुन २०७६ १०:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App