coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गोरखादेखि बारपाकसम्म मोटरसाइकल र्‍याली

गोरखा- गोरखा सदरमुकामदेखि बारपाकसम्म शनिबार मोटरसाइकल र्‍याली सुरु भएको छ। गोरखा सदरमुकामको ठूलो आगनदेखि सुरु भएको र्‍यालीमा एक ५० मोटरसाइकलसहित मानिसहरु सहभागी भएको आयोजक गोरखा युथ क्लवका अध्यक्ष सुमन गुरुङले बताए। ‘पर्यटन प्रर्वद्धन गर्न र्‍यालीले मद्धत पुग्नेछ भन्ने अपेक्षाले क्लवले कार्यक्रम गरेको हो’ उनले भने।

यात्राको गोरखा नगरपालिकाका नगर प्रमुख राजनराज पन्तले शुभारम्भ गरेका हुन्। र्‍याली आरम्भ गर्दै उनले भने ‘यसले भ्रमण वर्ष मनाइरहेको सन्र्दभमा गोरखाको प्रचारप्रचारमा ठुलो मद्धत पुग्नेछ।’ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यात्रामा सहभागीहरुलाई बिदाई गर्दै गोरखा सदरमुकाम र बारपाक जोड्ने गरी भएको यात्राले जिल्लाबासीलाई फाईदा पुग्ने बताए। एसपी ओमप्रसाद अधिकारीले आफ्नो सुरक्षालाई ध्यान दिँदै यात्रामा सहभागी हुन अनुरोध गरे।

यात्रा गोरखा सदरमुकामदेखि झिंगटे, घ्याम्पेशाल, देउराली, सितागुफा, राङरुङ हुँदै बारपाक पुग्नेछ। बारपाकबाट आइतबार र्‍यालीमा सहभागी टोली फर्कने र गोरखा सदरमुकामको रानीपोखरी परिसरमा समापन कार्यक्रम हुने संयोजक रञ्जितकुमार श्रेष्ठले बताए। यात्राको शुभारम्भका क्रममा गोरखाको सिरानचोक गाउँपालिकाका जेनिस गुरुङलाई सम्मान गरिएको छ। वाईक रियालिटी सो पल्सर डेयर भेन्चर सिजन ४ का बिजेता उनलाई गोरखा युथ क्लवले दोसल्ला र कदर पत्रले सम्मान गरेको हो।

गोरखा-बारपाक करिब ५४ किलोमिटर छ। दुर्घटनाको जोखिमलाई ध्यान दिँदै हरेक सहभागीको ५० हजार रुपैयाँको बीमा, मोटरसाइकल मर्मतको व्यवस्था पनि आयोजकले गरेको छ। सहभागीमध्येबाट गोलाप्रथा गरि पहिलो हुनेलाई एक लाख, दोस्रो ७५ हजार रुपैयाँ पुरस्कारसहित १० जनालाई हेलमेट उपहार दिने क्लवका सल्हाकार दिपेन्द्र श्रेष्ठले बताए। गोरखा नगरपालिका, बारपाक सुलिकोट गाउँपालिकालगायतले यात्रामा आर्थिक सहयोग गरेका छन्।

काठमाडौँ, पोखरा, चितवन लगायत बिभिन्न ठाउँबाट मोटरसाइकल यात्रामा युवाहरु सहभागी भएका छन्। स्थानीय क्लव, समूह र होमस्टेको संयोजनमा यात्रामा सहभागीलाई आवासको व्यवस्था मिलाइएको छ। स्थानीय कला संस्कृतीको पनि प्रर्दशनी गरिने योजना भएको क्लवले जनाएको छ।

 

 

प्रकाशित: १० फाल्गुन २०७६ ०७:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App