८ वैशाख २०८१ शनिबार
अन्य

'फुच्ची नानी सूर्य भेट्न गइन्'

साथीहरू तपाइँहरूले ‘फुच्ची नानी सूर्य भेट्न गइन्’ बालपुस्तक पढ्नु भएको छ ? यो बालचित्र कथा हो। यसका लेखक कार्तिकेय घिमिरे हुन्। उहाँले धेरै बालपुस्तक लेख्नुभएको छ। उहाँलाई मैले हाम्रो  विद्यालय एसओएसमा प्रतिभा छनोटका लागि आउँदा भेट्न पाएकी थिएँ। उहाँले मेरो स्कूलका दाजुदिदीलाई पनि बालपुरस्कारबाट सम्मान गर्नुभएको छ। म पनि रामायण राम्ररी पढ्ने भएर उहाँलाई भेट्न पाएकी थिएँ।

यस ‘फुच्ची नानी सूर्य भेट्न गइन्’ कथामा एउटी साहसी बालिकाको बारेमा छ। उनी सूर्यलाई भेट्न कसरी जान सक्छिन् भन्ने कुरा रमाइलो गरेर लेखिएको छ। यसमा रहेका सुन्दर चित्रहरू अविन श्रेष्ठले कोर्नुभएको छ। चित्रहरू राम्राराम्रा भएकाले पनि पढूँपढूँ लाग्ने खालको छ। करिब २८ पानाको यो कथा पढ्दा मलाई पटक्कै रोकिन मन लागेन। यस पुस्तकले २०७३ सालको  बालसाहित्य समाज नेपालबाट उत्कृष्ट बालपुस्तक पुरस्कार पनि पाएको छ। यस पुस्तकका सम्पादक भने  डा. तिर्थबहादुर श्रेष्ठ हुन्। मलाई यहाँ भएको भाषा सरल भएकाले कथा रमाइलो लाग्यो। बुकआर्ट नेपालबाट छापिएको यस बालकथाको मूल्य भने १५५ रहेको छ।                 
जानवी जैसवाल
कक्षा: ४, एसओएस हर्मन माइनर विद्यालय पनौती, काभ्रे।

प्रकाशित: १० फाल्गुन २०७६ ०४:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App