७ वैशाख २०८१ शुक्रबार
राजनीति

मधेसलाई विश्वासमा लिनुपर्छः डा.भट्टराई

नयाँ शक्ति संयोजक डा.भट्टराई

काठमाडौं—नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले प्रमुख दलबीच देखिएको अहिलेको मतभेद संविधान संशोधनसँग नभई सत्ता बाँडफाँटसँग केन्द्रित रहेको आरोप लगाएका छन्। 

नेपाली काँग्रेस, नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) बीच वैचारिक मुद्दा खासै फरक नभएको जनाउँदै उनले मधेसलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए। 

वर्तमान राजनीतिक गतिरोधको अन्त्यका लागि रिपोर्टर्स क्लब नेपालको ध्यानाकर्षणपत्र ग्रहण गर्दै उनले भने, 'सत्ताको मुद्दालाई मिलाएर मिलिजुली सरकार बनाउँदा उपयुक्त हुनेछ।'

नेपाली काँग्रेस, नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) बीच वैचारिक मुद्दा खासै फरक नभएको जनाउँदै उनले मधेसलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए। 
 

'राजनीतिक गतिरोध अन्त्यका लागि वार्ताबाहेक अरु बाटो छैन, अब धेरै गतिरोध लम्ब्याउँदै लैजानु हुँदैन, तराई–मधेसमा उठेको मुद्दा हाम्रै समस्या हुन्, त्यहाँ उठेको चासोलाई सम्बोधन गर्न संविधान संशोधन गरेर निर्वाचनमा जानु उपयुक्त हुनेछ', पूर्वप्रधानमन्त्री डा भट्टराईले भने। रासस 

प्रकाशित: १८ पुस २०७३ १३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App