coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

भरतको क्यानभासमा राष्ट्रपतिदेखि आनीसम्म

चित्रकार भरत सिंह भारतको बम्बईमा बसेर चित्रकारिता गरिरहेका छन्। उनी सानै छँदा नेपालको धनगढीबाट उनको परिवार बम्बईमा बसाइँ सर्‍यो। उनले उतै चित्रकला अध्ययन गरे। ३२ वर्षीय भरतले भारतका विभिन्न स्थानमा १० पटक आफ्ना चित्रकलाको एकल प्रदर्शनी गरिसकेका छन्। ११औँ एकल प्रदर्शनीका लागि भने उनले मातृभूमि सम्झिए। अहिले काठमाडौं, बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा उनको ‘ब्लेस्ड फिचरर्स एन्ड ट्र्यु जेस्चर अफ नेपाल’ शीर्षकमा चित्र प्रदर्शन भइरहेका छन्, जसमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वयुवराज्ञी हिमानी शाह, समाजसेवी अनुराधा कोइराला, बैंकर अनिलकेशरी शाह, पर्यटन व्यवसायी कर्ण शाक्य, उद्योगी विनोद चौधरी, गायिका आनी छोइङ डोल्मा लगायत चर्चित १४ व्यक्तित्वको प्रोट्रेट’ समेटिएको छ।

‘मेरो कलामा समेटिनु भएका १४ हस्ती मलाई असाध्यै मनपर्छ, जे चिज मन पर्छ, त्यो चित्र बनिहाल्छ,’ भरत भन्छन्, ‘मातृभूमि नेपालमा आयोजना गरिएको यो मेरो पहिलो प्रदर्शनी हो।’ चित्रकलाको कुनै मूल्य नहुने (अमूल्य हुने) बताउने उनले आफ्ना चित्रमा मूल्य राखेका छैनन्। अहिले प्रदर्शनीमा राखिएका प्रोट्रेट सम्बन्धित व्यक्तिलाई नै सम्झनास्वरूप दिएर जाने उनको भनाइ छ। ‘पोट्रेट’मा विशेष रुचि राख्ने उनले भारतका थुप्रै प्रख्यात व्यक्तित्वका मुहार क्यानभासमा उतारिसकेको बताउँछन्। आफूलाई मनपर्ने व्यक्तिका चित्र जस्ताको तस्तै उतार्न आफूले आयल कलरको प्रयोग गर्ने उनी बताउँछन्।

‘चित्र कलाकारअनुसार फरक–फरक प्रकृतिका कोरिन्छन्,’ उनी भन्छन्, ‘पोट्रेट चित्रको प्रदर्शनीले यसभित्रको महत्व र प्रतिस्पर्धालाई देखाउँछ, यसलाई निरन्तरता दिन सके भावी पुस्तालाई पोट्रेट कलाको विषयमा ज्ञान हुन्छ।’ फागुन ६ देखि सुरु भएको उनको प्रदर्शनी फागुन १० शनिबार (आज)सम्म चल्नेछ।

प्रकाशित: १० फाल्गुन २०७६ ०३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App