coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हर्षोल्लाससाथ मनाइयो महाशिवरात्रि

काठमाडौं – प्रत्येक वर्ष झैं यो वर्ष पनि हर्ष उल्लासका साथ शिवरात्रि मनाइएको छ। शिवरात्रीका अवसरमा पशुपतिमा बिहान ३ बजेदेखि दर्शन गर्नेहरूको बाक्लो उपस्थिति थियो। प्रत्येक वर्ष झैं यो वर्ष पनि हर्ष उल्लासका साथ शिवरात्री मनाइएको छ। फागुन कृष्ण चतुदर्शीका रातमा मनाइने यो पर्व आराध्यदेव भगवानको पूजा आरधना गरी देशभर मनाइएको छ। विभिन्न तरिकाले शिवजीका विभिन्न स्वरूपमा मनाइएको छ। मध्यरातमा चतुर्थी तिथि परेकै दिन पूजाआरधना दर्शन गरेर मनाइएको छ। शिवरात्रीको अवसरमा विभिन्न शिवालयमा गएर शिवरात्रि मनाएका थिए।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक धनश्याम खतिवडाले बिहान ३ बजे पशुपतिका ४ ढोका खोली भक्तलाई स्वागत गरेको बताए। बिहानैदेखि हिन्दु सनातन धर्मावबलम्बी विभिन्न ताल, तलैया, कुवा, इनारमा गएर पूजा आरधना गर्ने गर्छन्। कालरात्रि, मोहरात्रि, शिवरात्रि र सुखरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्व रहेको जानकारी पुराणग्रन्थमा उल्यख रहेको बताए। प्रत्यक वर्ष मनाइने यो चाड अहिले भ्रमण वर्ष २०२० को अवसरमा विशेष व्यवस्थासहित मनाएको जानकारी दिए। शिवले दिन दुःखीलाई माया गरेको हुँदा आज यहाँ आउने जोगी साधु सन्तलाई दक्षिणाको व्यवस्थापन गरेको उनले जानकारी दिए। जताततै फूलैफूलले सजाइएका झ्यालढोकाले भक्तलाई थप आकर्षित गरेको सुनाए।

यो वर्ष १० लाखभन्दा बढी भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका सचिव प्रदीप ढकालले जानकारी दिए। दुई वर्षअघिदेखि भाङ धतुरो निषेध गरिएको थियो। अहिले पनि त्यसैलाई प्राथमिता दिएर गाँजा खानेलाई प्रहरीद्वारा कारबाही गरेको जानकारी दिए। विभिन्न सरकारी तथा गैरसरकारी संघसस्थाको सहभागितामा शिवरात्रि उल्लासमय भएको र करिब ५ हजार स्वयंसेवक परिचालित रहेको उनको भनइ छ। हिन्दु धर्ममा आस्था राख्ने भारतीय र नेपालीका हिन्दुका लागि विशेष महत्व रहेको यस पर्वमा अन्य मुलुकबाट पनि भक्तजन सहभागी रहेको उनको भनाइ छ।

महाशिवरात्रिमा पशुपति क्षेत्र विकास कोष विशेष व्यवस्थापन गरेको थियो। कोषले महाशिवरात्रिमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरेको थियो। शिवरात्रिको मुख्य आकर्षणका रूपमा रहेका भारत र नेपालका योगी बाबाहरू पशुपतिमा जम्मा भएका थिए। ठाउँठाउँमा धुनी तापेर खरानी धसेर बसेका बाबाहरू हेर्नेको पनि ठूलै भीड रहेको थियो। ‘सनातन धर्मका लागि भारतदेखि नेपाल आएका छौं,’ भारतीय योगी बाबा कर्मनाथले भने, ‘ शवरात्रिको दिन हामीले जोगीको रूप होइन, शिव भगवानको रूप धारण गरेका छाैं।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपतिनाथ मन्दिरमा आउने भक्तजनको सवारी आवागमनलाई व्यवस्थित बनाउन योजनावद्ध ट्राफिक व्यवस्थापन मिलाएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए। एयरपोर्ट हुँदै पशुपतिमा आउने विदेशी पर्यटक २ पाङ्ग्रे र साना सवारीसाधनका लागि तिलगंगा र बाइसियल मार्ग नक्साल कालोपुल हुँदै आउने सिफलचौर र अमलकोट, पशुपति विकास कोष, र संस्थानका सवारीसाधनलाई देवउत्थानस्थित कोषको कार्यालय, पासबाहक सुरक्षा निकाय तथा सवारीसाधनलाई महानगरीय प्रहरी बृत्त, गौशला र बाग्मती करिडोर, जोरपाटीबाट चावहिल हुँदै आउने सवारीसाधनलाई गुह्श्वरी पारि पार्किङको व्यवस्था मिलाइएको उनले बताए।

उनले भने, ‘शिवरात्रि अवधिभर भक्तजनलाई सरल र सहज आवागमनको व्यवस्था मिलाएको छौं। ५ सय भन्दा ट्राफिक परिचालनसहित आवश्यकताअनुसार डाइभर्सन पशुपति क्षेत्रभित्र सवारी निषेधसमेत गरिएको उनले बताए। दर्शनार्थीको अत्याधिक चाप हुने हँुदा गौशला चोक हुँदै चल्ने यातायात सेवाका लागि वैकल्पीक सडकको व्यवस्था मिलाइएको महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले बताए।

प्रकाशित: १० फाल्गुन २०७६ ०२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App