coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पेनाल्टी सुटआउटमा कञ्चनजंघा भाग्यशाली

बागमती क्लबविरुद्ध बल अगाडि बढाउने क्रममा कञ्चनजंघाका खेलाडी (सेतो)। तस्बिरः नागरिक

सञ्जय थापा/दिलबहादुर छत्याल
धनगढी - बागमती एफसीलाई पेनाल्टी सुटआउटमा निराश पार्दै भारतकोे कञ्चनजंघा फुटबल क्लब धनगढीमा जारी चौथो नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको क्वार्टरफाइनल प्रवेश गरेको छ।

शुक्रबार धनगढी रंगशालामा भएको उद्घाटन खेलमा म्यान अफ दी म्याच गोलकिपर निगम सिंहले दुई पेनाल्टी बचाउँदै ४–२ को जितका साथ फागुन १३ मा हुने आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबसँगको भेट पक्का गरेको हो। २ बजे उद्घाटन खेल सुरु हुने बताए पनि निर्धारित समयमा खेल नहुँदा खेल ७० मिनेट मात्र खेलाइएको थियो। निर्धारित ७० मिनेटको खेल गोलरहित बराबरीको सकिएपछि पेनाल्टी सुटआउटमा कञ्चनजंघा भाग्यशाली बनेको हो।

पेनाल्टी सुटआउटमा कञ्चनजंघाका अभिषेक ठकुरी, निवश राना, छिरिङ तामाङ र अभिषेक आलेले गोल गर्दा बागमतीका याङदोर्जे लामा र विपिन तामाङले मात्र गोल गरे भने अनिल मगर र सोनम बमजनको प्रहार कञ्चनजंघाका गोलकिपर निगम सिंहले विफल पारेका थिए।

पेनाल्टी सुटआउटमा कञ्चनजंघाका अभिषेक ठकुरी, निवश राना, छिरिङ तामाङ र अभिषेक आलेले गोल गर्दा बागमतीका याङदोर्जे लामा र विपिन तामाङले मात्र गोल गरे भने अनिल मगर र सोनम बमजनको प्रहार कञ्चनजंघाका गोलकिपर निगम सिंहले विफल पारेका थिए। यसअघि एकतर्फी बनेको पहिलो हाफमा कञ्चनजंघाले खेलको ११औं मिनेटमा गोलको अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन। अभिषेक ठकुरीको कमजोर सट बागमतीका गोलकिपर कुशल गैरेले विफल पारेका थिए। त्यस्तै त्यसको २ मिनेटपछि अभिषेक दर्जीको हेड बाहिरिँदा कञ्चनजंघा अग्रता बनाउन असफल भएको थियो।

१९औं मिनेटमा कञ्चनजंघाले फेरि अग्रता लिने अवसर पाएको थियो। तर छिरिङले  गरेको सट प्रहार बारमा लागेर फर्किएको थियो। ३०औं मिनेटमा कञ्चनजंघाले अभिषेक दोर्जीको फ्रिकिकमा अनिश राईको गोल  गरे पनि अफसाइड भएपछि सो गोलले मान्यता पाएन। दोस्रो हाफको सुरुआतमा राम राईले गरेको प्रहार बागमतीका गोलकिपर कुशलले विफल पारेका थिए। बागमतीले भने खेलमा उल्लेख्य मुभ बनाउन सकेन। प्रतियोगिताअन्तर्गत शनिबार हुने खेलमा न्युरोड टिम एनआरटी र एपिएफ आमने सामने हुनेछन्। नेपाल र भारत गरी कुल १२ क्लबको सहभागिता रहेको प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। धनगढी रंगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिनेछ।

प्रकाशित: १० फाल्गुन २०७६ ०१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App