coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अनुदानको खाद्यान्न बाटैमा बिक्री

सुमन मल्ल

मुगु- नेपाल खाद्य संस्थानको सदरमुकाममा रहेको वितरण केन्द्रबाट जिल्लाको पूर्वी क्षेत्र करानका पाँच गाविसमा पठाईएको खाद्यन्न ठेकेदारले संस्थानको मुल्य भन्दा बढी मुल्य असुलेर बाटोमा नै बिक्री गरेको पाईएको छ।

 सदरमुकाम देखि पुल वितरण केन्द्रमा जानु पर्ने एक हजार पाँच सय क्वीन्टल खाद्यन्न मध्ये हालसम्म नेपाल खाद्य संस्थानबाट चलानी भएर गएको ६ सय ६२ क्वीन्टल दश केजी खाद्यन्न रोवा ,तलिलेख, लुम्स, छाईल र सदरमुकाम गमगढीमा नै तीस केजीको ९ सय ८० रुपैयाँ पर्ने चामललाई एक हजार ८० देखि १६ सय सम्म मुल्यमा विक्री गरेको खुलेको छ। ऋणीमोक्क्ष वक्र्स कन्र्टक्शन प्रालिले गमगढी देखि पुलुसम्म प्रति केजी १३ रुपैयाँका दरले ढुवानी गर्ने गरि ठेक्का सम्झौता गरेको भए पनि खाद्यन्न ढुवानी गर्ने खच्चडवालाहरुलाई गमगढी देखि पुलुसम्म प्रति केजी ९ रुपैयाँमा ढुवानी दिन खोजे पछि खच्चडवालाले ढुवानी गर्न नमानेको स्थानीयवासीले जानकारी दिए।

 संस्थानले सर्वसाधारणलाई ९ सय ८० रुपैयाँमा ३० केजीको प्याक उपलब्ध गराउँदै आएको र ठेकेदार बसन्त कुमाईले पुलु लिनु पर्ने  एक सय प्याक खाद्यन्न ट्याक्टरमा लिएर  प्रति प्याक १ हजार ८० का दरले रोवा गाउँमा बेचेको भन्ने स्थानीयले आफुलाई जानकारी दिएको नेपाल खाद्य संस्थान मुगु शाखाका निमित्त प्रमुख कर्णबहादुर रावलले जानकारी दिए। गमगढीबाट खाद्यन्न पुलुसम्म कुमाईले दुई पटकसम्म लिएको र ढुवानी रकम प्रति केजी ८ रुपैयाँ मात्र दिए पछि खाद्यन्न ढुवानी गर्ने काम छोडेको रोवा गाविस वडा नम्बर ८ लुम्स गाउँका स्थानीयवासी शेरसिहं ऐडीले बताए।

 लुम्समा १४ सय ५० र छाईलमा १६ सय रुपैयाँ लिएर प्रति प्याक बेचेको ऐडीले बताए । ढुवानी कम भएको भन्दै खच्चडवालाले खाद्यन्न ढुवानी गर्न नमाने पछि ठेकेदार बसन्त कुमाईले केहि खाद्यन्न सदरमुकाम गमगढीमा नै बेचेका छन । उनले गमगढी देखि ट्याक्टरमा चामल हालेर लुम्स, रोवा , तलिलेक, झाकोट लगायतका गाउँमा नै पुगेर संस्थानको मुल्य भन्दा बढि लिएर बेचेका हुन ।  बिच बाटोमा नै बिक्रि गरिएको खाद्यन्न जिल्लाका माँग्री, पुलु, किम्री, डोल्फु र मुगु गाविसका जनताको लागि नेपाल खाद्य संस्थानले पठाएको हो ।कुमाईसंग यस विषयमा प्रतिक्रिया लिन खोजे पनि उनिसंग सम्पर्क हुन भने सकेन।

प्रकाशित: १८ पुस २०७३ १२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App