८ वैशाख २०८१ शनिबार
खेल

टेनिस टोली इन्डोनेसियातर्फ

काठमाडौं – आइटिएफ जुनियर डेविस कप तथा फेड कपमा सहभागी हुन ६ सदस्यीय नेपाली लन टेनिस टोली शुक्रबार इन्डोनेसियाको जकार्ता प्रस्थान गरेको छ। फेब्रुअरी २२ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा समान ३–३ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

पुरुष खेलाडीमा निहालजंगबहादुर थापा, प्रसिद्ध मोक्तान र निश्चल कायस्थ तथा महिलामा रायना शाह, ईशाश्री शाह र सिरिस्ता राई रहेका छन्। प्रशिक्षकमा कृष्णराज घले छन्। घले आइटिएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपका लागि जकार्तामै छन्।

पुरुष खेलाडीले डेविस तथा महिलाले फेड कपमा सहभागिता जनाउने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन्। टोलीलाई नेपाल टेनिस संघका महासचिव मनोहरदास मूलले शुक्रबारै सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे।

प्रकाशित: १० फाल्गुन २०७६ ०१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App