coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

वर्षाले फाइनल सर्‍यो

पर्वत - लगातार वर्षाका कारण शुक्रबार तय भएको चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा सरेको छ।

१३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगिताको उपाधिका लागि शुक्रबार विभागीय टोलीद्वय सशस्त्र प्रहरी बलको एपिएफ  र नेपाल पुलिस क्लब भिड्ने तय थियो। तर दिनभर वर्षा भएपछि प्रतियोगिताका रेफ्री संयोजक एवम् एसियन रेफ्री क्यान्डिडेट टहलसिंह थापामगरले खेल हुन नसक्ने निर्णय गरेका थिए। सोही दिन तेस्रो स्थानका लागि होङग्वान्जी न्यु डायमन्ड र त्रिभुवन आर्मीबीचको प्रतिस्पर्धा पनि वर्षाका कारण सरेको छ। प्रतियोगितामा गत बिहीबार सेमिफाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई र एपिएफले होङग्वान्जी न्यु डायमन्डलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए। जलजला गाउँपालिका–३ स्थित कालिगण्डकीको तिरमा भएको पहिलो सेमिफाइनलमा होङग्वान्जी न्यु डायमन्डलाई सोझो सेटमा पराजित गर्दै एपिएफ उपाधि रक्षाको यात्रा होमिएको हो।

एपिएफले गत संस्करणको उपविजेता न्यु डायमन्डलाई सेमिफाइनलमा पाखा लगाएको थियो। यसै प्रतियोगिताको दोस्रो संस्करणको फाइनलमा भने एपिएफ न्यु डायमन्डसँग स्तब्ध भएको थियो। साबिकको विजेतासमेत रहेको एपिएफ यस पटक तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ। दोस्रो सेमिफाइनलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै नेपाल पुलिसले यस प्रतियोगितामा पहिलो पटक उपाधि यात्रा तय गरेको छ। निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफाइनलमा आर्मीले तीनै सेटमा लिएको अग्रता जोगाउन नसक्दा पहिलो पटक उपाधि यात्रामा होमिने अवसर गुमायो। प्रतियोगिताको विजेताले पाउने दुई लाख नगद पुरस्कार जलजला गाउँपालिकाका अध्यक्ष यमबहादुर मल्लले प्रायोजन गरेका छन्। दोस्रो हुने टोलीले एक लाख नगद प्राप्त गर्नेछ।

तेस्रो स्थानको लागि प्रदान गरिने ५० हजार नगद पुरस्कार स्थानीय समाजसेवी राजन श्रेष्ठले प्रायोजन गरेका छन्। सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार पाउनेछ।

प्रकाशित: १० फाल्गुन २०७६ ०१:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App