coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मातृभाषा दिवसमा बज्जिकाको दुई प्रकृतिका कार्यक्रम सम्पन्न

रौतहट- अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरको रौतहटको प्रमुख भाषा बज्जिकाका लागि दुईवटा छुट्टाछुट्टै कार्यक्रम सम्पन्न भएका छन्।

ग्रामीण विकास केन्द्र नेपाल नामक एनजिओले बज्जिका विकास समारोहको आयोजना गरी गौर व्यारेक फिल्डमा मातृभाषा दिवस मनाएको छ। संस्थाले विभिन्न व्यक्तिलाई प्रसंशापत्र पनि प्रदान गरेको छ। नेपाली र मैथिली गीतका विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरेको छ। विभिन्न सातवटा स्थानीय तहको सहयोगका साथै अन्य केही एनजिओको सहयोगमा सम्पन्न बज्जिका विकास समारोहमा रौतहट जिल्लाको घरायसी तथा खेतीपातीको प्रयोजनका लागि प्रयोग हुने सामग्रीको प्रदर्शन पनि गरिएको थियो।

मातृभाषा दिवसकै अवसरमा रौतहटमा क्रियाशील बज्जिका भाषाका पत्रकारहरुको भेला गरुडामा सम्पन्न भएको छ। भेलाले राजुकुमार श्रीवास्तवको अध्यक्षतामा बज्जिका पत्रकार समाज रौतहट (नेपाल) जिल्ला तदर्थ समिति गठन गरेको छ। समितिमा रुपेन्द्र पटेल वरिष्ठ उपाध्यक्ष, प्रदीपदास उपाध्यक्ष, वीणा श्रीवास्तव महिला उपाध्यक्ष, सागर ठाकुर सचिव, गुडु यादव सहसचिव र राम प्रवेश बैठा कोषाध्यक्ष चयन भएका छन्।

समितिमा रमेशकुमार यादव र रंजिशकुमार पासवान सदस्यमा चयन भएका छन्। समाजलाई जिल्ला प्रशासन कार्यालय रौतहटमा दर्ता गराउनको लागि विधान बनाउनको लागि गठित विधान निर्माण समितिको कृष्णा तिवारी संयोजक, शम्भुदास तत्मा,  सुबासकुमार मिश्रा, शिवचन्द्र साह सदस्य र ओमप्रकाश यादव सदस्य सचिव रहेका छन्। संस्थाको सल्लाहकारमा संजयकुमार मिश्र, नेकमहम्मद हुसैन तथा रविन्द्र साहलाई चयन गरिएको छ।

गरुडा-४ मा रहेको नवीन गेस्ट हाउसमा सम्पन्न बज्जिका पत्रकार भेलाको अध्यक्षता पनि राजुकुमार श्रीवास्तवले नै गरेका थिए। भेलामा कटहरिया नगरपालिकाकी उपमेयर नूरजहाँ खातुन, व्यावसायी नसरुदीन अन्सारी, व्यावसायी रामजी साह सोनार, संजय साह मित्र, विपिनबिहारी सिंह, बिन्दा साहनी, लालबाबु साह, शिवचन्द्र साह, इन्द्रमाला जयसवाल, समतोलिया मुखिया, श्याम सहनी चन्द्रांशु, नेक महम्मद हुसैनले शुभकामना मन्तव्य राखेका थिए।

 

प्रकाशित: ९ फाल्गुन २०७६ १४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App