वीरेन्द्रनगर- भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चन्द्रबहादुर केसी दुई लाख रूपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले भेरीगंगाको मदाने चौरबाट उनलाई पक्राउ गरेको हो।
यसबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए।
प्रकाशित: ९ फाल्गुन २०७६ ०८:४४ शुक्रबार