आशा जगाउदै मिक्लाजुङ

शुक्रबार, ०९ फागुन २०७६, १४ : ११ गिरिराज बाँस्कोटा

रवि(पाँचथर)– स्थानीय तहमा जनप्रतिनिधि, कर्मचारीको कामप्रति प्रायः असन्तुष्टि भेटिन्छ। तर जिल्लाको दक्षिणी मिक्लाजुङ गाउँपालिकामा भने केहि आशाको सञ्चार भएको देखिन्छ। मंहगो गाडी किनेर आलोचना भई रहँदा जनप्रतिनिधिले मोटरसाइकलमै गाउँपालिकाको काम गरेर प्रसंसा पाएको गाउँपालीकामा विभिन्न भवनलगायतका पूर्वाधार निर्माणका लागि करिब दुई सय रोपनी जग्गा निःशुल्क प्रदान भएको छ।

पछिल्लो समय विद्युत विस्तार, सडक कालोपत्रे, भवनहरुको निर्माण तथा अन्य सुविधाको विस्तार भएसँगै स्थानीयमा आशा जाग्दै गएको देखिन्छ। गाउँपालीकाको केन्द्र रविबजारमा विभिन्न ठाँउबाट बसाई सरेर आउने क्रम समेत बढेको देखिन्छ। गाउँपालिका प्रमुख अमरराज माखिले भने ‘जनताको विश्वासलाई ख्याल गरेर काम गरेका छौँ। यो कार्याकालमा भौतिक पूर्वाधारमा फड्को मार्ने लक्ष्य रहेको छ।’

रविबजार क्षेत्रभित्र र बाहिर पनि स्थानीयले जग्गा दिएका छन्। स्वास्थ्य केन्द्र, सभागृह, कृषिथोक, कवर्ड हल, डब्पीङ साईट, चिडियाखाना, चिस्यान केन्द्र, हाईअल्टीच्यूट खेलमैदा, पशु बजार, कृषिभवन, आँखा अस्पताल, गाउँपालीका भवन, नापी, मालपोत लगायतका कार्यालयका लागि जग्गा निःशुल्क प्रदान गरिएको छ। दुई रोपनीदेखि १५ रोपनीसम्म जग्गा निःशुल्क उपलब्ध गराउनेहरु छन्। जग्गा प्राप्त भएका ठाँउमा भौतिक निर्माणका लागि काम अघि बढाइएको गाउँपालिका प्रमुख माखिले जानकारी दिए। अहिले भईरहेका सरकारी निर्माणका लागि समेत स्थानीयले निःशुल्क जग्गा दिएका हुन्। नमुना कृषि फर्मका लगि गाउँपालिकाले आरुबोटे भन्ने ठाँउमा ४२ रोपनी जग्गा २७ लाखमा किन्ने तयारी गरेको छ।

प्रदेश र स्थानीय सरकार मिलेर महत्वका विकास आयोजना अघि बढाइदिएको छ। प्रदेश र केन्द्र सरकारका योजना कार्यान्वका लागि पनि स्थानीय सरकारको विशेष पहल देखिन्छ। गाउँपालिकाले यहाँका बासिन्दका लागि स्वास्थ्य, शिक्षाको सुविधा दिएको देखिन्छ।

मेची राजमार्गको राँके बजारदेखि २६ किलोमिटर र झापाको दमकदेखि ४८ किलोमिटर पुग्ने रविबजारमा विकास अघि बढेको देखिन्छ। पर्यटकीय हिसाबले पनि प्राकृतिक रुपमा धनी रहेको यो गाउँपालिको बढि ध्यान पूर्वाधारतर्फ देखिन्छ। प्रदेश सरकारले पनि निक्कै मोटो बजेट लगाएको छ।

गाउँपालिकाको केन्द्र भएपछि बजारबाट सहरमा रुपान्तरण हुँदैछ। आधुनीक घरहरु बन्नुका साथै सुविधा थपिदै छ। प्रदेश सरकारसँगको सहकार्यमा ५ करोड ८० लाखमा २ हजार ३ सय मिटर बजार क्षेत्रको सडक कालोपत्रे हुँदैछ। ‘विजुलीको पर्खाइ लामो थियो। विजुलीका साथै अन्य पूर्वाधार विकासका काम अघि बढेका छन्। 'रविमा व्यापार गर्न, नानीहरु पढाउन आउनेको संख्या बढ्दै छ’ उद्योग वाणिज्य संघ रविका अध्यक्ष दिनेश खनाल भन्छन् ‘गाँउमा सुविधा थपिदै जाने हो भने यहाँको महत्व पनि बढ्दै जान्छ।’

सडक कालोपत्रेको अलवा अतिथि भवन, गाउँपालिका भवन निर्माणको काम भईरहेको छ। जरिवुटे डाँडामा गाउँपालिकाको गौरवको आयोजनाको रुपमा बुद्ध पार्कको काम अघि बढेको छ। यि करोड भन्दा बढी बजेट भएका योजना हुन्। कृषि हटिया निर्माणको काम भईरहेको छ। कृषि उत्पादनलाई बढाउनेमा पनि जोड दिएको माखिमले दाबि गरे। वडा तहमा साना योजनाका साथै गाउँपालिकाले ठूला योजनाहरु अघि सारेको देखिन्छ। राँके भेडेटार सडक कालोपत्रे हुँदा मिक्लाजुङ गाउँपालिकालाई ठूलो फाईदा हुन्छ।  उता दमक रवि कालोपत्रेका लागि ठेक्काको प्रक्रिया भईरहेको छ।

रविमा रहेको प्रथामिक स्वास्थ्य चौकीमा सो गाउँपालिकाका बासिन्दाले निःशुल्क भिडियो एक्स्रे गर्न पाउछन्। दैनिक औषधी खाने दिर्घ रोगीलाई वार्षिक २० हजार रुपैयाँ सहयोग गर्ने गरेको छ। गत आर्थिक वर्षमा ६८ जनाले यो सुविधा पाए। बाल पोषण भत्ताका रुपमा गत वर्षदेखि जन्मिएका बच्चाले महिनाको ५ सय रुपैयाँ पाउछन्। गर्भवती महिलालाई पोषण भक्ताको प्रवन्ध भएको छ। आँखा अस्पताल सञ्चालनमा ल्याएको छ। पोष्टमार्टमा निःशुल्क गरिएको छ। बालविकास केन्द्रका नानीहरुलाई खाजा सहयोग गर्न थालिएको उपप्रमुख उर्मिला राईले बताइन्। खाजामा जङग फुड कम गर्नका लागि यसो गर्न लागिएको उनको भनाई छ

कृषि सडक, विद्यालयतथा स्वास्थ्य चौकी भवन लगायका लागि समेत काम भईरहेको छ। गाउँपालिकलाई टुक्की मुक्त गर्नका लागि निम्न आर्थिक अवस्थाका परिवारलाई सोलार वितरण गरिएको माखिमले बताए। उनका अनुसार २ सय ५० घर न्यून आर्थिक अवस्थाका परिवारका लागि यो कार्यक्रम अघि बढाईएको थियो। योमध्ये २ सय घरमा सोलार जडान गरिएको छ। केन्द्रीय प्रसारणको विद्युतलाई समेत विस्तार गरिएको उनले बताए।

उक्त गाउँपालिकामा प्रदेश सरकारले प्रथामिकतामा राखेर बजेट दिएको छ। स्थानीय तहसँग मिलेर योजना अघि बढाइएको देखिन्छ। ‘स्थानीय आवश्यकतालाई ख्याल गरी योजना अघि बढाइएको छ। पूर्वाधारका साथै कृषि, पर्यटन, शिक्षालगायतका क्षेत्रमा भईरहेको छ’ प्रमुख प्रशासकिय अधिकृत अरुण राईले भने ‘यहि गतिमा काम अघि बढ्न पायो भने केहि वर्षमा गाउँपालिकामा विकासले फड्को मार्छ। सम्भावना प्रसस्त भएकाले सोहि अनुसार योजना अघि बढाइएको छ।’

राईले भने झै यो गाउँपालिको कृषि, पर्यटन लगायका क्षेत्रमा निक्कै सम्भावना भएको मानिन्छ। मिक्लाजुङ डाँडा, गोदुलाभोजुलाताल, यावाराङ झरना, वेहुली ढुङ्गा, हिलेडाँडा, जरिबुट्टे, स्वगद्वारी मन्दीर लगायका पर्यटकीय गन्तव्यहरु रहेका छन् भने सुन्तला, तरकारी, चियाका लागि पनि महत्वपूर्ण मानिन्छ।

 





यसमा तपाईको मत

अन्य समाचार

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

Ncell Footer Ad