coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मोर्चा आवद्ध दलहरुद्वारा रौतहटमा ‘खबरदारी शक्ति प्रदर्शन’

गौर(रौतहट)– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआवद्ध राजनीतिक दलहरुले सोमबार रौतहट सदरमुकाम गौरमा संविधान संशोधनको माग गर्दै प्रदर्शन गरेनका छन्। ‘खबरदारी शक्ति प्रदर्शन’ नाम दिइएको उक्त प्रदर्शन बिपी चोकबाट सुरु भएर भन्सारस्थित क्रान्तिद्वारसम्म भएको थियो।

संविधान संशोधन तत्काल गर, मधेसी जनताको माग पूरा गरलगायत नारासहित प्रदर्शन भएको हो। प्रदर्शनमा मोर्चा आबद्ध संघीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सद्भावना पार्टी, सद्भावना पार्टीलगायत दलका नेताहरु सहभागी थिए।

संविधान संशोधनमा सरकार र विपक्षी एमालेलगायत दलहरुलाई दबाब दिन मोर्चाको केन्द्रीय निर्णयअनुसार प्रदर्शन गरिएको तराई मधेस सद्भावना पार्टीका नेता अनिल सिंहले बताए।

‘यो प्रदर्शन सरकारमा रहेका तथा नरहेका सत्ताधारी दलविरुद्ध मात्र होइन,’ उनले भने, ‘संशोधनलाई अवरोध गर्दै आएका प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका दलविरुद्ध पनि हो।’

संविधान संशोधनमा अवरोध भएपछि आन्दोलनमा जाने घोषणा सहित मोर्चाले साताअघि १८ गते तराई–मधेसका जिल्लाहरुमा खबरदारी शक्ति प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो।

प्रकाशित: १८ पुस २०७३ १०:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App