coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भव्य र उल्लासमय ढंगले ताप्लेजुङमा महोत्सव सुरु

ताप्लेजुङ – दुनियाँलाई चकित पार्ने रंगिन बजारकाबीच वरपर सजाईएका ध्वजपताका र पाथीभराको स्तुतीसहित ताप्लेजुङमा आजबाट पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव सुरु भएको छ।

पहिलो दिन आज बिहान तोक्मेडाँडाबाट सुरु भएको कलशयात्रा हाङ्देवास्थित चण्डेश्वर महादेवतर्फ प्रस्थान गरेको छ। कार्यक्रमको  उद्घाटन गर्न आएका १ नं प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले महोत्सवको उमंगमा झुमेका ताप्लेजुङका बासिन्दाको नगर तथा बजार क्षेत्र सजावटको कलाबाट मोहित भएको बताए। कलशयात्राको शुभाराम्भ गर्दै सभामुख भण्डारीले रंगिन बजार र झकिझकाउ टोल देखेर महोत्सवको सफल शुभारम्भको संकेत पाएको बताए। यस्तो नमूना अन्त कहिँ नदेखेको भन्दै उनले रातरात रंगिन बनेको बजार क्षेत्रको सुन्दरताको बर्णन अरुलाई कसरी गर्ने भन्दै प्रतिप्रश्न गरे।

महोत्सवमा सभागिता जनाउन आई पुगेकी प्रदेशसभाकी सांसद कुसुमकुमारी श्रेष्ठले एउटै शब्दमा मोहित पार्ने कलाले भरिएका ताप्लेजुङ र एकतायुक्त ताप्लेजुङवासीको नमूना आफुले फुङ्लिङमा पाएको बताईन्।

सहायक प्रमुख जिल्ला अधिकारी केशव खतिवडाले गए साँझ सम्म ध्वजापताकाले मात्र भरिएको फुङ्लिङ बिहान उठ्दा पूरै रंगिन भएकोमा आश्चार्य प्रकट गरे। फुङ्लिङका नागरिक रातभरर जागै बसे र बिहानीसम्ममा फुङ्लिङ बजारलाई पूरै रंगिन बनाए।

रंगिलो र झिलमिलीले फुङ्लिङ साच्चै बेहुली झैं बलेको छ। पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सको भव्य सुरुआत भएको देखेर मूल आयोजक समितिका अध्यक्ष तारानाथ घिमिरेले प्रसन्नता व्यक्त गरेका छन्। उनले ताप्लेजुङका बासिन्दाको एकता, मेहनेत र लगावको सम्मान गर्दै महोत्सवको हामी र हाम्रै समृद्धिका लागि योगदान दिने बताए।

महोत्सव मूल समारोह समितिका सहसंयोजक मनमिण काफ्लेले ताप्लेजुङका बासिन्दाको एकताको सुखद् सन्देश हरु क्षेत्रहरुमा पनि सकारात्मक उदाहरणको रुपमा लिन सकिनेमा बिश्वास राख्छन्।
आज कलशयात्रााबाट प्रारम्भ भएको पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव १३ गते सम्म चल्ने छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App